logo
२०८० चैत्र १६ शुक्रवार



नेकाँकाे पार्टी विधान र प्रक्रिया विपरीत वडा अधिवेशन भएका जिल्लाहरुमा पुन: निर्वाचन गर्न पौडेल पक्षको माग

राष्ट्रिय |


नेकाँकाे पार्टी विधान र प्रक्रिया विपरीत वडा अधिवेशन भएका जिल्लाहरुमा पुन: निर्वाचन गर्न पौडेल पक्षको माग


काठमाडौं, भदौ ३१ गते । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको विधान, प्रक्रिया र मापदण्ड विपरित वडा अधिवेशन भएका जिल्लाहरुमा पुन: निर्वाचन गराउनुपर्ने माग राखेको छ ।

बिहीबार  ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय विपी कोइराला स्मृति भवनमा बसेको पौडेल पक्षको बैठकले डडेलधुरा लगायतका जिल्लाहरुमा भएको वडा अधिवेशन अस्वीकार गर्दै यसखाले माग राखेको पौडेलका स्वकीय चिरञ्जीवी अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार आजको बैठकमा काँग्रेस महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । पौडेल पक्षको बैठकले डडेलधुरा लगायतका जिल्लाहरुका सत्ता र शक्तिको दुरुपयोग भएको निष्कर्ष समेत निकालेको बताइएको छ । बैठक दिउँसो २ बजेदेखि करिब अढाइ घण्टा चलेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?