logo
२०८० चैत्र १६ शुक्रवार



पाकिस्तानका प्रधानमन्त्री ताजिकिस्तान पुग्नुभयो

अन्तर्राष्ट्रिय |


पाकिस्तानका प्रधानमन्त्री ताजिकिस्तान पुग्नुभयो
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३१ गते । पाकिस्तानका प्रधानमन्त्री इमरान खान ताजिकिस्तान पुग्नुभएको छ । उहाँले सांघाइ कर्पोरेशनको २१ औं सम्मेलनमा भाग लिन ताजिकिस्तान पुग्नुभएको हो ।
पाकिस्तानका प्रधानमन्त्री खानलाई ताजिकिस्तानका प्रधानमन्त्री कोखिर रसुल्जोडाले दुशान्बे विमानस्थलमा स्वागत गर्नुभयो । डाँनका अनुसार प्रधानमन्त्री खानसँगै पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशी समेत ताजिकिस्तान पुग्नुभएको हो । साघांइ कर्पोरेशनको २१ औं सम्मेलन शुक्रबारदेखि दुशान्बेमा सुरु हुँदैछ । बैठकको अध्यक्षता ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनले गर्नुहुनेछ ।
सांघाइ कर्पोरेशनमा आठ सदस्य राष्ट्र छन् । चीन, भारत, कजाख्स्तान, किर्गिस्तान, रुस, पाकिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान सांघाइ कर्पोरेशनका सदस्य राष्ट्र हुन । अफगानिस्तान, बेलारुस, इरान र मंगोलिया पूर्ण सदस्य राष्ट्र हुन इच्छा देखाएका छन् । अर्मेनिया, अजरबैजान, कम्बोडिया, नेपाल, श्रीलङ्का र टर्की सम्वाद साझेदारका रुपमा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?