logo
२०८१ बैशाख १२ बुधवार



२० वर्ष भन्दा कम उमेरमै १३२ किशोरी आमा बने

खुला |
प्रदेश |
समाज |


२० वर्ष भन्दा कम उमेरमै १३२ किशोरी आमा बने
तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पताल, तस्विर–अमरराज नहर्की



अमरराज नहर्की
तनहुँ, भदौ २५ गते । तनहुँको शहरी क्षेत्रमा समेत कम उमेरमै आमा बन्ने गरेको पाइएको छ । ‘बिहेवारी २० वर्ष पारी’ भन्ने अभियान’’ कार्यान्वयनमा नआएको यस तथ्याङ्कबाट देखिएको छ ।
तनहुँका सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा गत आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्कमा ६२८ महिलाले शिशु जन्माएकोमा २० वर्षमुनिका १३२ किशोरी आमा बनेको दमौली अस्पतालका नर्सिङ इञ्चार्ज दीपा पाण्डेले जानकारी दिनुभयो । कम उमेरमा गरिने विवाह कानुनतः दण्डनीय हुने व्यवस्था छ । नेपालको मुलुकी ऐनको नयाँ व्यवस्थाले विवाह गर्ने उमेर महिला तथा पुरुष दुवैको लागि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको छ । ‘बालविवाहलाई नियन्त्रण गर्न नसकेसम्म किशोरी अवस्थामा आमा बन्न समस्या समाधान गर्न सकिँदैन’’ नर्सिङ इन्चार्ज पाण्डेले भन्नुभयो । प्रहरीमा उजुरी नदिने गरिएकाले उमेर नपुग्दै विवाह गर्नेहरूलाई कानुनी कारबाही भएका घटना विरलै हुने गरेको पाइएको छ ।
गत आर्थिक एक र चालू आर्थिक वर्षमा एक मात्रै बालविवाहको मुद्दा परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । ‘‘बालविवाहलाई निरुत्साहित गर्न गतवर्ष १४ वर्षकी बालिका विहे गर्ने क्रममा जग्गेबाटै बेहुलालाई पक्राउ गरेका थियौं, प्रहरीमा उजुरी आए कानुनी कारबाही गर्छाैं’’ डिएसपी तिमिल्सिनाले भन्नुभयो । आवश्यक मात्रा शिक्षा र चेतनाको कमीका कारण बालविवाह कायमै रहेको पाइएको जनचेतना व्यापक पर्ने डिएसपी तिमिल्सिना बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?