logo
२०८१ बैशाख ८ शनिवार

  दृश्य समाचार  



स्वास्थ्यको ख्याल गरेर मात्र तीजको व्रत बस्नु राम्रो

खुला |
समाज |


स्वास्थ्यको ख्याल गरेर मात्र तीजको व्रत बस्नु राम्रो


मनोजरत्न शाही/केशब गरुङ्ग
काठमाडौं,भदौ २४ गते । आज हिन्दु महिलाले व्रतबसी शिव पार्वतीको पूजा, उपासना गरेर तीज पर्व मनाएका छन् । यसबाट परिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहे पनि व्रत बस्नेले स्वास्थ्यको ख्याल गरेर मात्र ब्रतबस्नु पर्ने संस्कृतिविद्को सुझाव छ ।


सत्ययुगमा आजैको दिन निराहार व्रतबसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रतबस्दा मनोकामना पूरा हुने विश्वास छ ।
संस्कृतिविद प्रा.डा. बिना पौडेलले महिलाहरु स्वास्थ्यको ख्याल नै नगरी व्रत बस्ने भएकाले स्वास्थ्यको ख्याल गरेर मात्र व्रत बस्नुपर्ने बताउनुभएको छ । व्रतलाई श्रीमानको आयूसँग जोडेर हेर्न नहुने उहाँको भनाई छ ।
हरेक पर्वहरुले ईश्वरप्रतीको कृतज्ञता,पारिवारिक मुल्यमान्यता र मनोरञ्जन भएको भएपनि मनोरञ्जनलाई मात्र ध्यान दिएको उहाँको भनाई छ ।
पछिल्ला दिनमा दरको नाममा मदिराजन्य कुराको प्रयोग भैरहेको प्रति उहाँको गुनासो छ । महिलाहरुलाई विशेष सम्मान दिने ,हौसला दिने र रमाईलो प्रदान गर्ने तीजको विशेषता भएको उहाँको भनाइ छ । 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?