logo
२०८१ बैशाख १२ बुधवार

बाढीले बनेपाको पुलबजार डुबानमा, अरनिको राजमार्ग अवरुद्ध (फोटो फिचर)

खुला |
फोटो फिचर |


2021-09-06-46029
तस्बिर : मधुसुधन तिमल्सिना


मधुसुधन तिमल्सिना
काभ्रे, भदौ २१ गते । पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । आइतबार रातीदेखिको अविरल वर्षाका कारण अरनिको राजमार्गमा यातायात सञ्चालन अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले पुण्यमाता खोलामा आएको बाढीका कारण पुलबजार क्षेत्र डुबानमा परेको जानकारी दिनुभयो । उहाँले पुलबजार क्षेत्र डुबानमा परेपछि अरिनको राजमार्ग भएर सञ्चालन हुने यातायातको साधन आवतजावत बन्द रहेको जानकारी दिनुभयो ।
बनेपा पुल बजार, गोदामचोक, श्रीखण्डपुर, इलाका प्रहरी कार्यालय बनेपा वरपर समेत डुबान परेकाले जनजीवन प्रभावित भएको छ । बनेपा पनौती मार्गको धनेश्वरमा पुण्यमाता खोलामा आएको बाढीका कारण डुबानमा परेको छ ।
बाढीका कारण केही साना सवारीसाधन समेत डुबेको प्रहरीले जनाएको छ । वर्षाका कारण जिल्लाका अन्य खोलामा पनि पानीको सतह बढेको छ । हालसम्म मानवीय क्षति भएको जानकारी नआएको प्रहरीले जनाएको छ ।

तस्बिर : केदार तिमल्सिना