logo
२०८० चैत्र १६ शुक्रवार



फोहोर उठ्न थाल्यो सडक पनि बन्दै

मुख्य समाचार |


फोहोर उठ्न थाल्यो सडक पनि बन्दै


भउचप्रसाद यादव

काठमाडौँ, भदौ १७ गते । काठमाडौँ उपत्यकामा केही दिनदेखि थुप्रिएको फोहोर बुधबारबाट उठ्न थालेको छ । फोहोर उठ्न थालेसँगै सिसडोल ल्यान्डफिल साइटमा सडक निर्माण प्रक्रिया सुरु भएको छ । काठमाडौँ महानगरपालिकाबाट बुधबार एक सय ट्रकमा फोहोर सङ्कलन गरी सिसडोल ल्यान्डफिल साइट पु-याइएको र ती ट्रकमा पुनः फोहोर सङ्कलन कार्य भइरहेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फोहोर उठाउने काम भइरहेको छ ।
सयभन्दा बढी ट्रक र त्यसका जनशक्ति परिचालन गरिएको छ । बढीमा दुई/तीन दिनभित्र सबै फोहोरको व्यवस्थापन पूरा हुनेछ ।” ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सरकारले निर्णय गर्नुभन्दा दुई दिन अघिदेखि नै हाम्रो महानगरले आन्तरिक रूपमै फोहोरको व्यवस्थापन गर्दै आएको बताउनुभयो । फोहोर उठाउने सुरुसँगै सिसडोल ल्यान्डफिल साइटमा सडक निर्माण प्रक्रियासमेत सुरु गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापालाई निर्देशन दिनुभएपछि सडक निर्माण प्रक्रिया सुरु भएको हो ।

प्रधानमन्त्री देउवाले सोमबार सडक विभागलाई निर्देशन दिनुभएको थियो । सडक बिग्रिँदा फोहोर बोकेको ट्रक साइटमा पुग्न अप्ठ्यारो भएपछि काठमाडौँ उपत्यकाको फोहोर करिब एक महिनादेखि उठ्न सकेको थिएन । काठमाडौंँ महानगरका प्रमुख शाक्यले सोमबार प्रधानमन्त्रीलाई भेटेर उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने सडक निर्माणका लागि अनुरोध गर्नुभएको थियो ।
सडक विभागका महानिर्देशक थापाले सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सडक विभागलाई‘अगाडि बढ’ (गो अहेड) को पत्रसमेत प्राप्त भइसकेको जानकारी दिनुभयो । “सडक निर्माण गर्न अर्थ मन्त्रालयबाट बजेटसमेत सुनिश्चित भइसकेको छ । सो सडक निर्माण गर्न अर्थ मन्त्रालयले बुधबार एक करोड ७० लाख रुपियाँ बराबरको बजेट सुनिश्चित गरेको हो” उहाँले भन्नुभयो– “सो सडक निर्माणको जिम्मा सडक डिभिजन कार्यालय, काठमाडौँलाई दिइएको छ । डिभिजन कार्यालयले निर्माण प्रक्रिया अगाडि बढाइसकेको छ ।”
सिसडोल ल्यान्डफिल साइट सीमा क्षेत्रभित्र पर्ने आन्तरिक सडकहरू निर्माण गरिने बताउँदै उहाँले भन्नुभयो, “साइटमा जहाँदेखि फोहोर राख्ने सुरु हुन्छ त्यहाँदेखि लिएर अन्त्यसम्मको सडक निर्माण गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?