logo
२०८० चैत्र १५ बिहीवार



नेपाली काँग्रेसको राष्ट्रिय शिक्षा नीतिको प्रस्ताविक प्रतिवेदन तयार

शिक्षा |


नेपाली काँग्रेसको राष्ट्रिय शिक्षा नीतिको प्रस्ताविक प्रतिवेदन तयार


 

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ११ गते । सत्तारुढ दल नेपाली काँग्रेसको राष्ट्रिय शिक्षा नीतिको प्रस्ताविक प्रतिवेदन तयार भएको छ । नेपाली काँग्रेसको शिक्षा विभागले विभिन्न चरणको परामर्श, बैठक, शिक्षाविद् एवम् विज्ञहरुको सल्लाहलगायत पार्टीको दार्शनिक एवम् सैद्धान्तिक दस्तावेज एवम् राष्ट्रिय तथा अन्तराष्ट्रिय दस्तावेजहरुको अध्यक्षपश्चात् काँग्रेसको शिक्षा नीति तयार पारिएको काँग्रेसका केन्द्रीय कार्यालय सानेपाद्धारा जनाइएको छ ।

काँग्रेसको राष्ट्रिय शिक्षा नीतिलाई केन्द्रीय समितिको बैठकमा पारित गराई आगामी चौधौं केन्द्रीय महाधिवेशनमा प्रस्तुत गर्न पनि आग्रह गरिएको काँग्रेस केन्द्रीय कार्यालय सचिव डा. कृष्णप्रसाद पौडेलले एक वक्तव्यमार्फत जानकारी दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?