logo
२०८१ बैशाख १२ बुधवार



कोरोना सङ्क्रमण देखिएपछि शिशुसहित एकै परिवारका तीन जनाले गरे आत्महत्या

खुला |


कोरोना सङ्क्रमण देखिएपछि शिशुसहित एकै परिवारका तीन जनाले गरे आत्महत्या


लिला झापाली
बिर्तामोड, भदौ ७ गते । कनकाई नगरपालिका १ सुरुङ्गामा कोरोना सङ्क्रमण भएपछि एकै परिवारका तीन जनाले आज झुण्डिएर आत्महत्या गरेका छन ।
कनकाई नगरपालिका १ का ४० वर्षीय रविन विश्वकर्मा उनकी श्रीमती २९ वर्षीया मुना विक र उनीहरुकी ८ महिनाकी छोरी रुविनाले आज आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन ।
उनीहरुले आफ्नै घरमा डोरीको पासो लगाएर अात्महत्या गरेका हुन् । मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाडौ गएको तर कोरोना पोजेटिभ देखिएपछि फर्किएर आएको स्थानीयले बताएका छन ।
उनीहरुले एकसाथ झुण्डिएर नानीलाई समेत साथमा लिइ आत्महत्या गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?