logo
२०८१ बैशाख ७ शुक्रवार



थारु भाषा मानकीकरण लेखन निर्देशिका तयार

खुला |
समाज |


थारु भाषा मानकीकरण लेखन निर्देशिका तयार


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २ गते । थारु भाषाको मानकीकरण लेखन निर्देशिका तयार भएको छ । थारु आयोग तथा थारु कल्याणकारिणी सभा (थाकस) को संयुक्त आयोजनामा भएको चार दिने कार्यशाला गोष्ठीले बुधबार सो निर्देशिका तयार गरेको हो ।

गोष्ठीले मानकीकरण गर्दा थारु लिपि पत्ता नलागेसम्म लेखनमा देवनागरी लिपि प्रयोग गर्ने र थारु लिपि खोजीकार्य जारी राख्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग कीतिपुरका भाषा विशेषज्ञ प्रा।डा। दानराज रेग्मी र डा। नेत्रमणी दुमीराईको विशेष निगरानीमा लेखन निर्देशिका तयार गरिएको हो ।

कार्यक्रममा भाषा विशेषज्ञ, प्रा.डा. दानराज रेग्मी, थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी, थारु अगुवाहरु भुलाई चौधरी, रामबहादुर चौधरी, शान्ति चौधरीलगायतले थारु भाषा मानकीकरणका लागि चार दिनमा ठूलो काम भएको चर्चा गर्नुभयो । मानकीकरणको काम भाषा विशेषज्ञ प्रा.डा. रेग्मी र डा. नेत्रमणी राईको सहयोगमा भएको थारु मानक भाषा मस्यौदा समितिका संयोजक कुछतनारायण चौधरीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?