logo
२०८१ बैशाख १४ शुक्रवार



एनडीयूको डीपीआर तयार

खुला |


एनडीयूको डीपीआर तयार


भउचप्रसाद यादव

काठमाडौँ, भदौ, १ : मुलुुकको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षासम्बन्धमा आवश्यक नीति एवम् रणनीति तर्जुमा गर्न सक्षम जनशक्ति तयार गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू)को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।
काभ्रेको पनौतीमा सञ्चालन हुने सो विश्वविद्यालय सञ्चालन गर्ने सिलसिलामा तयार पारिएको विधेयकको मस्यौदा तयार भइसकेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोषबल्लभ पौड्यालले विश्व विद्यालयकोे सङ्काय (फ्याकल्टी) तथा अध्ययन अध्यापनको विषय छनोट गरी आवश्यक पाठ्यक्रम विकाससमेत सुरु भइसकेको बताउनुभयो ।

आवश्यक पाठ्यक्रम विकासका लागि विभिन्न विषयका चारजना विज्ञ करारमा भर्ना गरी काम अगाडि बढाइएको छ भने थप सातजना विज्ञ करारमा लिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । उहाँले आर्थिक वर्ष २०८०÷२०८१ भित्रमा विश्वविद्यालय सञ्चालनमा ल्याई पहिलो तालिम सुरु गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको बताउनुभयो ।

विश्वविद्यालयको आधारभूत साङ्गठनिक संरचना तय भइसकेको छ भने विस्तृत्मा संरचना तयार गर्ने कार्य भइरहेको छ । आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रम र बजेटमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने घोषणा गरी आवश्यक कार्य अगाडि बढाइएको हो ।

राष्ट्रिय सुरक्षा सम्बद्ध सञ्जाल विकसित गर्नुका साथै रणनीतिक संस्कार (स्ट्रेजिक कल्चर)को विकास तथा उच्चस्तरको नागरिक–सैनिक सम्बन्ध विस्तार गर्न सहयोग पु¥याउने महतवाकाङ्क्षी योजनासहित विश्वविद्यालय स्थापना गर्न लागिएको हो ।

चालु आर्थिक वर्षमा सो विश्वविद्यालयका लागि कुल ५८ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । प्रवक्ता पौडेलले बजेटबाट यो वर्ष प्रतिष्ठान भवन र पुस्तकालय निर्माण गरिने जानकारी दिनुभयो ।
कुल सात अर्ब रुपियाँ लागतमा यो विश्वविद्यालयको सम्पूर्ण संरचना तयार भई सञ्चालनमा आउने बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?