logo
२०८१ बैशाख ७ शुक्रवार



द्वन्द्वपीडित, गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा 

खुला |
समाज |


द्वन्द्वपीडित, गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा 
फाइल फाेटाे


   
जाजरकोट, साउन ३० गते । द्वन्द्वपीडित तथा विभिन्न लक्षित वर्गलाई नगर बस र एम्बुलेन्स निःशुल्करूपमा प्रयोगमा ल्याइएको छ । चालु आर्थिक वर्षको २०७८÷७९ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम यही साउनबाटै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले बस र एम्बुलेन्समा भाडा नलिने भएको हो ।    
    
विशेष अवस्थाका विभिन्न व्यक्ति र उनीहरूका परिवारलाई यो सुविधा दिने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अहिले तीन नगर बस सञ्चालन गरिरहेको छ भने दुई एम्बुलेन्स चलाउँदै आएको छ  । सेवामा सहजता ल्याउन थप दुई नगर बस खरिदको तयारी गरिएको नगरप्रमुख विशाल शर्माले बताउनुभयो  । उहाँका अनुसार गर्भवती र सुत्केरी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते, अपाङ्गता भएका व्यक्ति, शहीद परिवार र शहीद परिवारका सदस्यले यो सेवा निःशुल्क पाउनेछन्  । यसैगरी पूर्ण अशक्त, अति अशक्त भएका व्यक्ति र अतिविपन्न परिचयपत्र प्राप्त गरेकालाई पनि निःशुल्क सेवा दिइनेछ ।    
    
प्राविधिक नहुँदा काम गर्नै मुस्किल    
    
विद्युतको लाइन विस्तारसँगै प्राविधिकको सङ्ख्या वृद्धि भई काम छिटो छरितो हुनुपर्नेमा दैनिक कर्मचारी अभावले जाजरकोटमा समस्या हुँदै आएको छ । ११ केभी प्रसारण लाइन सदरमुकाममा आउँदै गर्दा १७ कर्मचारीले धानेको काम अहिले लाइन विस्तार तीव्र भइरहँदा कर्मचारीको सङ्ख्या घटेर १४ जनामा पुगेको छ । कुल दरबन्दी सङ्ख्या ३० भए पनि हाल १४ कर्मचारी कार्यरत छन् । पाँच करार, छ ज्यालादारी र तीन जना स्थायी कर्मचारी जिल्लामा कार्यरत रहेको विद्युत् प्राविधिकरणका प्रमुख विशाल लामिछानेले बताउनुभयो ।    
    
हाल सदरमुकाममा मात्र कार्यालय रहेकाले गाउँमा लाइन विस्तार भएसँगै त्यहाँका उपभोक्ता सदरमुकाम आएर शुल्क तिर्नसमेत समस्या भएको छ । रु १०० शुल्क तिर्नका लागि रु एक हजार खर्च गर्नुपर्ने बाध्यता हुँदै आएको छ । विद्युत्को अहिले छेडागाड नगरपालिकाको मोर्क, नलगाड नगरपालिकाको दल्लीमा नयाँ उपशाखा राख्ने तयारी भए पनि कर्मचारी नहुँदा समस्या हुँदै आएको बताइएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?