logo
२०८१ बैशाख ७ शुक्रवार



विशेष अदालत नेतृत्वविहीन

खुला |


विशेष अदालत नेतृत्वविहीन


नारायण काफ्ले

काठमाडौँ, साउन २५ गते । विशेष अदालत नेतृत्वविहीन भएको तीन साता पूरा भए पनि न्याय परिषद्ले नयाँ अध्यक्ष सिफारिस गरेको छैन । तत्कालीन अध्यक्ष प्रेमराज कार्कीलाई अध्यक्ष नियुक्ति भएको छोटो अवधिमा नै काज सरुवा गरिएपछ अदालत नेतृत्वविहीन भएको हो ।
नेतृत्व नहुँदा कतिपय कामकाजसमेत प्रभावित भएका छन् । न्याय परिषद्को सिफारिसमा विशेषका अध्यक्ष र सदस्यहरू तोक्ने कार्य भने मन्त्रिपरिषद्ले गर्ने व्यवस्था रहेको छ ।
साउन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अध्यक्ष कार्कीलाई काज सरुवा गर्नुभएको थियो । कार्कीलाई उच्च अदालत विराटनगरको इलाम इजलास सरुवा गरिएको हो । न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले आइतबारसम्म अध्यक्ष सिफारिस नभएको बताउनुभयो । कार्कीले भन्नुभयो, ‘‘अहिलेसम्म विशेषमा अध्यक्ष सिफारिस भएको छैन । यसबीचमा परिषद् त बस्यो तर अर्कै एजेन्डा थियो ।’’
विशेष अदालतमा अहिले अध्यक्षबाहेक अन्य पाँच सदस्य कार्यरत हुनुहुन्छ । न्यायपरिषद्को सिफारिसमा सरकारले विशेषमा अध्यक्ष र सदस्य तोक्ने व्यवस्था छ । अब अध्यक्ष तोक्नका लागि परिषद्ले पहिले सरकारसमक्ष सिफारिस गर्नुपर्नेछ । परिषद्को सिफारिसअनुसार सरकारले काम तोक्नेछ । अहिले विशेषमा पाँच न्यायाधीश कार्यरत हुनुहुन्छ । अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती, नित्यानन्द पाण्डेय, शान्तिसिंह थापा र चन्द्रबहादुर सारु सदस्यका रूपमा कार्यरत हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?