logo
२०८१ बैशाख १३ बिहीवार



कोरोनाका कारण प्रहरी नायव निरीक्षकको मृत्यु 

खुला |
समाज |


कोरोनाका कारण प्रहरी नायव निरीक्षकको मृत्यु 



जानु पाण्डे
कपिलवस्तु, साउन २० गते । कोरोना संक्रमणका कारण कपिलवस्तुमा प्रहरी नायव निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा कार्यरत कपिलवस्तुको बाणगंगा नगरपालिका –९ भलवाडका ४५ वर्षीय शिव रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।
रायमाझीलाई असार १४ गते पिसीआर रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि काठमाडाैं पुराइएको थियो । उपचारका क्रममा मंगलबार उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक लिलामणी आचार्यले बताउनुभयो । रायमाझीले कार्यालयमा आएका ठाडो उजुरी हेर्ने काम गर्दै आउनु भएको थियो । कोरोना संक्रमणका कारण जिल्लामा ज्यान गुमाउनेको संख्या एकसय ९७ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?