logo
२०८० चैत्र १६ शुक्रवार

  स्थलगत भिडियो रिपोर्ट  



मेलम्चीको शिरमा विशाल पहिरो, अझै खतरा टरेको छैन

खुला |
प्रदेश |


मेलम्चीको शिरमा विशाल पहिरो, अझै खतरा टरेको छैन


बिदुर आचार्य,
चौतारा, साउन १७ गते । असार १ मा बाढीसँगै आएको पहिरोले क्षति पु¥याएको ४८ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर पुनः क्षति पु¥यायो । ्
बाढीको कारण बुझन हेलिकोप्टरबाट मेलम्ची खोलको शिरमा पुगेको स्थानीयल सो क्षेत्रको जमिन धेरै चर्किएकाले अझ ठूलो बाढी पहिरोको संभावना रहेको बताउनुभएको छ ।


आजै सो क्षेत्रमा पुग्नु भएका मेलम्ची नगरपालिका वडा ४ का सदस्य बाबु लामाले त्यहाँ अझै ठूलो पहिरो रहेको बताउनुभयो । मानव बस्ती नभएको सो विकट स्थानमा जमिन धेरै नै फाटेकाले अझै थप बाढीको संभावना रहेको बताउनुभयो ।
हेलम्बु गाउापालिका–१ को भ्रेमाथाङमा ठूलो पहिरो नदीमा खसेर नदी थुनिएको कारण बाढी आएको जस्तो देखिएको हेलिकप्टरबाट निरीक्षण पछि हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । ‘हिमालको शीर देखिनै पहिरो झरेको देखिन्छ, निरन्तर झरिरहेकै छ । कति क्षति हुने भन्ने अनुमान गर्ने सकिने अबस्था छैन’– शेर्पाले भन्नुभयो, ‘खोला किनारका सबै वस्ती तत्काल स्थानान्तरण गर्नुपर्छ ।’
१७ घर र अर्बांै मूल्यको क्षति दोहोरिएको छ । ‘बाढीले बगाएर बाँकी रहेको खेतमा भर्खर धान लगाईएको थियो त्यो पनि अब बाँकी रहेन’– मेलम्ची ६ का दीपक जेउजाले भन्नुभयो । सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढीपीडित फेरि विस्थापित भएका छन् । थातथलो स्याहार्दै पीडा भुल्न प्रयासरत मेलम्ची करिडोरका नागरिकहरु थातथलो छोड्न बाध्य भएका छन् ।
असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा छ सय ५४ घरमा क्षति पुगेको थियो भने तीन सय घरमा पूर्ण क्षति पुगेको स्थानीय सरकारले जानाएको थियो । शनिबारको बाढीबाट मेलम्ची नदी करिडोरका सबै बस्ती पूर्ण विस्थापित भएको हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पा बताउनुहुन्छ । मेलम्ची खानेपानी ड्याम, तीम्बु बजार, चनौटे, तालामाराङ, याग्री, मेलम्ची बजारलगायतको क्षेत्रमा क्षति दोहोरिएको छ । लेदो हटाएर आफ्नै घर सफा गरी बस्न सुरु गरेका अधिकांश बाढी पीडित पूनः बिस्थापित हुन पुगेका छन् ।
शनिबार साँझबाट आएको मेलम्ची बाढीको उद्गम स्थलमा आईतबार साँझ विज्ञको टोलि पुगेको छ । बाढीको उद्गमस्थल हेलम्बु गाँउपालिका–१को भ्रेमाथाङमा भूगर्भ बिभागको टोली पुगेको हो । भूगर्भ विभागका प्रमुख शिवहरी बास्कोटाको नेतृत्वमा पाँच सदस्यले पहिरोको अध्ययन सुरु गरेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारि दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?