logo
२०८१ बैशाख ८ शनिवार



सडक पहिरोमा परिणत, आवतजावतमा सास्ती

खुला |
प्रदेश |


सडक पहिरोमा परिणत, आवतजावतमा सास्ती
साँफे–मार्तडी लोकमार्ग अन्तर्गत पर्ने अम्कोट बेल्दे सडकमा जोखिम झेल्दै आवतजावत गर्दै स्थानीय । तस्बिर – शेरबहादुर सार्की



शेरबहादुर सार्की
बाजुरा, साउन १६ गते । बाजुरामा लागतार वर्षाका कारण साँफे मार्तडी लोकमार्ग अन्तर्गत पर्ने बल्दे अम्कोट सडकमा पहिरोले बग्नथालेपछि अझै सुचारु हुन सकेको छैन ।

तीन महिनादेखि राम्रोसँग सडक सुचारु नहुँदा बाजुराका स्थानीयहरुलाई सदरमुकाम मार्तडी सम्म आउजाउ गर्न निकै सास्ती खेप्दै आउनुपरेको छ ।

सडक पहिरोमा परिणत भएपछि यहाँका अधिकांश किसानले बारीमा उत्पादन गरेको तरकारी सदरमुकाम मार्तडीसम्म लिएर विक्री गर्न पाएका छैनन् ।

सँधैझंै यो वर्षमा पनि आफ्नै बारीमा उत्पादन गर्दै आएको तरकारी मार्तडी बजारमा लिएर विक्री गर्नु पर्ला भन्ने सोच गरेको थिए, तरकारी फल्यो तर सडक अझै सुचारु नभएका कारण यो सोच चकनाचुर भयो बडिमालिका नगरपालिका ५ रिलाका स्थानीय काली नाथले बताउनुभयो ।

त्यस्तै लामो समय सम्म पानी परेकोले यो वर्ष खासै तरकारी राम्रोसँग फलाउन सकिएन । तैपनि थोरै तरकारी उत्पादन गरेको थिए, त्यो पनि बाटो नबनेका कारण विक्री गर्न समस्या भएको बडिमालिका नगरपलिका –४ का स्थानीय कर्ण विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्षाका कारण साँफे–मार्तडी लोकमार्ग पहिरोमा परिणत भएपछि आवागमन कार्यमा निकै सास्ती खेप्दै आउनु परेको छ ।”

गत जेठ महिनाबाट अवरुद्ध बन्दै गएको साँफे–मार्तडी लोकमार्ग अहिलेसम्म पनि खुल्न नसकेपछि बाजुराका स्थानीयवासीन्दालाई आवागमन कार्यमा निकै सास्ती खेप्नु परेको स्थानीयको रविता नेपालीले बताउनुभयो ।

तीन महिना देखि साँफे मार्तडी लोकमार्ग अन्तर्गत पर्ने बार्जुगाड, ताँप्री, बल्दे, अम्कोट र पानी नाउँला लगायतका विभिन्न ठाउँमा सडकको तलमाथीबाट भिषण पहिरो बग्नथालेपछि सडक अवरुद्ध हुँदै आएको छ ।

पहिरोले लोकमार्ग अवरुद्ध सडक सुचारु गर्न भौतिक पुर्वाधार विकास तथा सडक डिभिजन साँफेलाई जानकारी गर्दै आएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, पानी रोकिएर घाम लाग्ने विक्तिकै स्काइभेटर लगाएर सडक सुचारु गर्ने योजना छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?