logo
२०८१ बैशाख ८ शनिवार



प्रहरीद्वारा हुम्लामा गाँजा नष्ट

खुला |
प्रदेश |


प्रहरीद्वारा हुम्लामा गाँजा नष्ट
गाँजाका बोट नष्ट गर्दै प्रहरी । तस्बिर - राजन रावत, हुम्ला



राजन रावत
हुम्ला, साउन १६ गते । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरीले सार्बजनिक र ब्यक्तिगत जग्गामा उम्रिएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान सुरु गरेको छ । प्रहरीले आफ्नो नियमित कार्यक्रम अनुसार गाँजा नष्ट गर्ने कार्य गरेको हो ।
जिल्ला प्रहरी कार्यालय निरीक्षक दानसिंह भण्डारी नेतृत्वको टोलीले गाँजा उम्रेका स्थानमा गएर बोटहरु फडानी गर्ने कार्य गरेको हो । प्रहरी निरीक्षक भण्डारीले नेपाल प्रहरीको अभियान अनुसार जिल्लामा खेतबारी, बाटो र सार्बजनिक जग्गामा आफै उम्रिएका गाँजाका बोटलाई फडानी गर्ने सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म हुम्ला जिल्लामा गाँजाको खेती गरेको नदेखिएको आफै उम्रेका बोटहरु नष्ट गर्ने कार्य गरिएको हो । प्रहरीले सदरमुकाम सिमकोटको माथिल्लो गाउँमा रहेको तीनधारा नजिकैको कालाशिल्ता मन्दिरदेखि एरपोट चोकसम्म उक्त गाँजाका बोट फडार्नी गरेको हो । आउँदा दिनहरुमा पनि प्रहरीको सकृयातामा जिल्ला भरि नै गाँजाका बोर्टहरुलाई फडानी गर्ने अभियान संञ्चालन गर्ने र गाँजारहित जिल्ला बनाउने अभियान थालनी भएको छ । जिल्लामा उम्रिएका गाँजाका बोट नष्ट गरेर प्रहरीले सकरात्मक सन्देश दिन खोजिएको छ । उक्त टोलीले बिहान दुई घण्टासम्म गाँजाका बोटहरु फडानी गर्ने कार्य गरेको थियो । प्रहरी निरीक्षक भण्डारीको नेतृत्वमा ३५ जना प्रहरीको टोलीको सकृयातामा उक्त गाँजाका बोटहरु फडानी गरिएको थियो । यो कार्य प्रहरी अगामी शुक्रवार पनि गर्ने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?