logo
२०८० चैत्र १५ बिहीवार



श्रीलङ्कामा कोभिड–१९ सङ्क्रमण दरमा बृद्धि भए पनि घरबाटै काम गर्ने विकल्पको अन्त्य

अन्तर्राष्ट्रिय |


श्रीलङ्कामा कोभिड–१९ सङ्क्रमण दरमा बृद्धि भए पनि घरबाटै काम गर्ने विकल्पको अन्त्य
तस्विर-एपी


कोलम्बो, साउन १५ गते।
श्रीलङ्काले निजामती कर्मचारीहरूका लागि घरबाट नै काम गर्न सक्ने विकल्प अन्त्य भएको शुक्रबार जानकारी गराएको छ । कोरोनाभाइरस सङ्क्रमणको बृद्धि भइरहेको भएपनि सरकारले सोमबारदेखि सबै १२ लाख कर्मचारीलाई कार्यालयमा हाँजिर भई सेवा प्रबाह गर्न आदेश दिएको हो ।
सरकारीका बरिष्ठ अधिकारी जयसुन्देराले भन्नुभयो, “श्रीलङ्काका बहुमत जनसङ्ख्यालाई खोप लगाइसकिएकोले घरबाट काम गर्ने विकल्पको अब आवश्यकता छैन ।” श्रीलङ्कामा जुलाईको सुरूमा रहेको कोभिड–१९ सङ्क्रमण दरको तुलनामा अहिलेको सङ्क्रमण दर दोब्बर भए पनि यो कदम चालिएको हो । यहाँ दैनिक कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा बढी रहेको छ । कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा पुनः वृद्धि हुन थालेपछि यसको सामना गर्न अस्पतालहरू संघर्षरत रहेका एक बरिष्ठ स्वास्थ्य अधिकारीले बताए ।
सरकारी तथ्याङ्क अनुसार यहाँका करिब ९१ लाख ७० हजार नागरिक अर्थात् जनसङ्ख्याको ४३ प्रतिशतले कम्तीमा एउटा खोप लगाइसकेका छन् । यस्तै दुबै खोप लगाउनेको सङ्ख्या पनि दुई लाखभन्दा बढी भइसकेको छ । श्रीलङ्कामा अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या तीन लाख पाँच हजार पुगेको र चार हजार ३०० भन्दा बढी सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको सरकारी तथ्याङ्कमा उल्लेख छ । यद्यपि सरकारको तथ्याङ्कभन्दा निकै धेरै व्यक्ति सङ्क्रमित भएको वा सङ्क्रमणका कारण मृत्यु भएको स्थानीयहरूले बताउने गरेका छन् ।
सरकारले सिन्हाली र तामिल नयाँ बर्षमा मनाइने परम्परागत पर्वमा कोभिड नियन्त्रणका लागि अपनाईएका उपायहरूलाई कडाइ नगर्दा अप्रिलपछि सङ्क्रमितको सङ्ख्यामा अत्यधिक वृद्धि भएको आरोप सरकारका आलोचकहरूले लगाउने गरेका छन् ।
यद्यपि सङ्क्रमण दर बढेपछि सरकारले मे महिनापछि नियन्त्रणका उपायलाई कडाईका साथ लागु गरेको थियो भने यसै महिनाको सुरूदेखि यसलाई पुनः खुकुलो पारेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?