logo
२०८१ बैशाख ८ शनिवार



डोटेली संस्कृति झल्काउने संग्रहालय स्थापना

खुला |
प्रदेश |


डोटेली संस्कृति झल्काउने संग्रहालय स्थापना


डोटी समाचारदाता
बुडर(डोटी), साउन १५ गते । डोटीको जोरायल गाउँपालिका–१पोखरी डाँडाँमा यस क्षेत्रको कला संस्कृति झल्कने सामाग्रीहरुको संग्रहालयको स्थापना गरिएको छ । स्थानीय रानिवन सामुदायिक बन उपभोक्ता समुहले डोटी जिल्लाको परम्परा,सँस्कृती झल्कने सामाग्रीहरुको संग्रहालयको स्थापना गरेको हो ।

आफ्नो कला, संस्कृति, सभ्यता, परम्परा र इतिहास भावी पिँढीले पनि सहजै थाहा पाउन भन्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको रानी बन सामुदायिक उपभोक्ता समितिका अध्यक्ष तथा संग्रहालय अध्यक्ष भाष्कर भट्टले बताउनुभयो ।

अध्यक्ष भट्टले भन्नुभयो,–‘परम्परा देखि चलनमा रहेको संस्कृतिको संरक्षण र सम्बद्र्धन नगरेपछि आउने पुस्ताले आफ्नो संस्कृति बिर्सिदै जाने डरले पनि संग्रहालयको स्थापना गरिएको हो । संग्रहालयमा सुदूर पश्चिमका पुराना ऐतिहासिक हातहतियार, पहिरन, बाजा,भाँडाकँुडा, गरगहना, वाध्य वाधन सामाग्री, भेषभुसा कलझल्काउने लगायतका सामाग्रीको खोजी गरेर राखेका छौ ।’

संग्रहालयमा राख्नका लागि स्थानीयले आफुसँंग रहेका पुराना चिज बस्तुहरु सुरक्षित साथ राख्न दिएका छन् ।आफ्नो कला सँस्कृतीको जगेर्ना होस् भन्न उद्देश्यले आफ्नो घरमा पुर्खाले प्रयोग गरेका पुराना सामाग्री संग्रहालायलाइ प्रदान गरेको उल्लेख गर्नुहुँदै स्थानीय रामचन्द्र भट्टले भन्नुभयो, –‘जिल्ला बाहिरबाट घुम्न आउनेहरुका लागि यस क्षेत्रको पहिचान झल्कियोस भन्ने उद्देश्य हाम्रो हो । संग्रहालयमा राखिने सामाग्रीहरुलाइ बढाउदै लगिने छ ।’
आधुनिकताले परम्परागत चालचलनकला सँस्कृतीलोप हुँदै गएका छन् ।

लोपहुन लागेको परम्परागत रूपमा प्रयोग हुने सामाग्री र संस्कृतीलाइ जगेर्ना गर्न स्थानीयले थालेको पहलको संग्रहालय हेर्न आउनेहरुले समेत प्रशंसा गर्न थालेका छन् । तेलेलेग संरक्षित क्षेत्रका कोषाध्यक्ष इन्द्रा ओलीले भन्नुभयो,– ‘स्थानीयले प्रशंसा योग्य काम गरेका छन् । संग्रहालयलाइ दिगो रुपमा संचालनतर्फ ध्यानदिनु जरुरी छ । संग्रहालयमा राखिएका सामाग्रीहरुले डोटेलीकला संस्कृतिलाइ जगेर्ना गर्ने अपेक्षा गरेका छौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?