logo
२०८० चैत्र १६ शुक्रवार



कर्णालीमा जीप खस्दा दुई बेपत्ता , तीन जना घाइते

खुला |


कर्णालीमा जीप खस्दा दुई  बेपत्ता , तीन जना घाइते
सांकेतिक तस्बिर


गाेरखापत्र अनलाइन 

काठमाडौं, साउन १५ गते । कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, कैलालीका अनुसार शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टी कच्चाी सडक खण्डमा ब्याक गर्ने क्रममा जीप कर्णाली नदीमा खसेको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जीपको नम्बर खुल्न नसकेको बताउनुभयो ।
जीपका चालक डोटीको आदर्श गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी नदीमा बेपत्ता हुनुभएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटना जोशीका छोरी १३ वर्षीया लक्ष्मी, चार वर्षीया साविक्री र तीन छोरा वर्षीय भुवन घाइते हुनुभएको छ । घाइतेमध्ये भुवन र साविक्रीको अवस्था गम्भीर भएको र उहाँहरुको उपचार भइरहेको उहाँले बताउनुभयो ।
बेपत्ता दुवै जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको समेत उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?