logo
२०७८ असोज ९ शनिवार

दैनिक अध्यावधिक

image
1103

सङ्क्रमित

image
1550

निको भएका

image
9

मृत्यु भएका

मिति:आश्विन ८, २०७८ (१६:४१)
स्राेत:https://covid19.mohp.gov.np/



मृतक बालकको परिवारलाई रु. चार लाख क्षतिपूर्ति दिने सहमति

खुला |
समाज |
प्रदेश |


मृतक बालकको परिवारलाई रु. चार लाख क्षतिपूर्ति दिने सहमति



अमरराज नहर्की
तनहुँ, साउन १३ गते । रुख कटहर टिप्न जाँदा मङ्गलबार दिउँसो रुखबाट लडेर मृत्यु भएका यहाँका एक बालकको परिवारलाई क्षतिपूर्ति बापत चार लाख रुपियाँ दिने सहमति भएको छ ।
व्यास नगरपालिका–६ श्याम्घामादीबेसी निवासी जयबहादुर परियारका १६ वर्षीय छोरा अरुणको लडेर मृत्यु भएपछि कटहर धनी पुण्यप्रसाद न्यौपानेले बुधबार उक्त रकम दिने सहमति भएको हो । बालकको लडेर मृत्यु भएपछि बालकलाई फकाएर रुखमा चढ्न लगाएको भनेर परिवारजनले शव लिन मानेका थिएनन् ।
दुवै पक्ष बीच सहमति भएपछि बुधबार दिउँसो बालकको शव पोष्टमार्टम गरी दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । व्यापारीले कटहर किन्नको लागि आउने जनाए पछि न्यौपानेले कटहर टिप्न बालकको प्रयोग गरेको पीडित पक्षको आरोप थियो । रुखबाट खसेर सख्त घाइते भएका अरुणको दमौली अस्पतालमा उपचारको लैजाँदै गर्दा मङ्गलार नै बाटोमा नै मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?