logo
२०८१ बैशाख ८ शनिवार



विदेशको भन्दा गाउँमै भैँसीपालनबाट बढी आम्दानी

खुला |
समाज |


विदेशको भन्दा गाउँमै भैँसीपालनबाट बढी आम्दानी
विदेश छाडेर भैँसीपालनमा रमाउनु भएका कृष्णराज सापकोटा । तस्विर–अमरराज नहर्की



अमरराज नहर्की
तनहुँ, साउन १२ गते । तनहुँको भानु नगरपालिका–१ भन्सारका कृष्णप्रसाद सापकोटालाई धन कमाउन विदेश गएकोमा यतिबेला पछुतो लागेको छ । गाउँमै भैँसी पालेर विदेशको भन्दा आम्दानी धेरै भएपछि विदेशमा गएर पसिना बगाएर गल्ती महशुस भएको सापकोटा बताउनुहुन्छ । बैदेशिक रोजगारमा कमाई राम्रै भएपनि घरपरिवार, देशबाटै टाढा बस्नुपर्दा एक्लोपनले सताएपछि फिसालाई त्यागेर गाउँमै भैँसीपाल्न शुरुवात गरेको सापकोटाले बताउनुभयो ।

‘‘गाउँमा रोजगारी नपाएपछि विदेश गएको थिएँ भैँसीपालेर विदेशको भन्दा धेरै कमाउन सकिन्छ भन्ने पहिल्यै सोच्न सकेको भए विदेश जाने थिईन’’ सापकोटाले भन्नुभयो । सापकोटाले तीन वर्ष अघि देखि भैंसीपालन व्यवसाय सुरु गर्नु भएको छ । ‘‘साना–साना बालबच्चा, बुढ्यौली उमेरमा ढल्किएका बाबा–आमा र श्रीमतीलाई सम्झिदा आफ्नै गाउँघर फर्कन मन लाग्यो विदा लिएर घर आएछि भिसालाई रद्ध गरेर भैँसीपालन गरें’’ सापकोटाले भन्नुभयो ।

गोठ बनाउन र उन्नत भैँसीकिन्न २० लाख रुपियाँ लगानी गरेको सापकोटा बताउनुहुन्छ । सापकोटाले १४ वटा मुर्रा जाताको भैँसीर एक राँगो छ । लैना ८ वटा भैँसीदुहेर दैनिक ६५ देखि ७० लिटर दुध प्रतिलिटर ११० रुपियाँमा नजिकैको डुम्रे बजारमा लगेर बिक्री गरेको उहाँले जानकारी दिनुभयो । दुध बिक्रीका समस्या नभएको सापकोटाले बताउनुभयो र मासिक रुपमा एक लाख ७० हजार रुपियाँको दुध विक्री गरेको र खर्च कटाएर मासिक एक लाख बचत भएको सापकोटाले जानकारी दिनुभयो । घाँसमा आधारित भैँसीपालन गराउन सकेको खण्डमा पराल र दाना चोकरको खर्च घट्ने हुँदा आम्दानी राम्रो लिन सकिने उहाँको भनाइ छ ।

विदेशमा चालकको काम गर्दा मासिक ७० हजार कमाई हुन्थ्यो अहिले त्यो भन्दा बढी स्वदेशमा कमाई भएको अनुभव सापकोटाले सुनाउनुभयो । खर्च कटाएर मासिक एक लाख देखि एक लाख १० हजार मुनाफा भईरहेको सापकोटाले बताउनुभयो । व्यवसाय सफल भएपछि गाउँमै बसेर विदेशभन्दा कमाई भइरहेकोले बैंकबाट ऋण थपेर व्यवसायलाई वृद्धि गरेर दोब्बर आम्दानी गर्ने योजना रहेको उहाँले बताउनुभयो । सापकोटा बिहान सबेरै देखि राति अबेरसम्म भैंसीको स्याहारमै व्यस्त हुनुहुन्छ । ‘न बजारको समस्या छ, न भाउको,’सापकोटाले भन्नुभयो, आफ्नै गाउँमा मनग्गे आम्दानी गर्न थालेपछि विदेश गएकोमा पछुतो लागेको छ’’ । साकोटाको प्रेरणाले गाउँमा अरु युवासमेत व्यावसायिक कृषि र पशुपालनमा लाग्न प्रेरित भएको सोही ठाउँ निवासी युनेस्को क्लब नेपालका अध्यक्ष आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।

विदेशमा गरेको दुःख स्वदेशमा नै गर्ने हो भने त्यहाँको भन्दा धेरै कमाउन सकिन्छ भन्ने उदाहरण बनेको त्रिपाठी बताउनुहुन्छ । सापकोटाले भैँसीपालन गरेपछि बाँझो रहेको ६ रोपनीको जमिनको समेत सदुपयोग भएको छ । बाँझो जमिनमा उन्नत घाँस खेती गरिएको छ । गोठ वरिपरि उन्नत जातका घाँस लगाउँदा खेर गएको जमिनको सदुपयोग भएको नभएको उहाँले बताउनुभयो । भानु नगरपालिकामा आधुनिक उपकरण र मेसिन, भैसी खरीदमा अनुदान माग गरे पनि बेवास्ता भएको गुनासो सापकोटाले गर्नुभयो  ।

‘‘पहुँचवालालाई मात्र सरकारी निकायले अनुदान दिन्छन्, सापकोटाले भन्नुभयो, अनुदानको लागि नगरपालिकाको कार्यालयमा निवेदन दिएँ तर वास्ता गरेनन’’् । आफ्नो परिवारको साथमा बसेर कम दुःखमा विदेशको भन्दा धेरै कमाई भएको छ दुबई १० वर्ष र कतार ३ वर्ष गरी १३ वर्ष बैदेशिक रोजगारीमा व्यर्थमा विताएँ जस्तो अहिले भएको छ’’ सापकोटाले थप्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?