logo
२०७८ असोज ९ शनिवार

दैनिक अध्यावधिक

image
1103

सङ्क्रमित

image
1550

निको भएका

image
9

मृत्यु भएका

मिति:आश्विन ८, २०७८ (१६:४१)
स्राेत:https://covid19.mohp.gov.np/



तनहुँमा ८३ जना भूकम्पपीडित लाभग्राहीले रकम फिर्ता

खुला |
समाज |


तनहुँमा ८३ जना भूकम्पपीडित लाभग्राहीले रकम फिर्ता
भानु नगरपालिका–१ मा भूमिहिन भूकम्पपीडितले बनाएको घर, तस्विर–अमरराज नहर्की



अमरराज नहकी
तनहुँ, साउन ९ गते । तनहुँमा भूकम्प पीडित लाभग्राहीमा सूचिकृत भएका ८३ जनाले रकम फिर्ता गरेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लाई स्वेच्छिक रुपमा रकम फिर्ता गरेका हुन् । भूकम्पपीडित लाभग्राहीमा सूचिकृत भई सम्झौता गरी किस्ता पहिलो किस्ता ५० हजार लैजाने ८१ जनाले ४० लाख ५० हजार र पुरै किस्ता लैजाने दुई जनाले जनही तीन लाख गरी छ लाख रुपैयाँ समेत गरेर ४६ लाख ५० हजार रुपियाँ फिर्ता गरेको इकाईका कम्प्युटर अपरेटर सुजन तिवारीले जानकारी दिनुभयो ।

सरकारले स्वेच्छिक रकम फिर्ता गर्ने व्यवस्था गरे अनुरुप उनीहरुले भवन पुनर्निर्माण नगर्ने भएपछि रकम फिर्ता गरेका हुन् । पहिलो किस्तावापतको रकम लगेपछि दोस्रो किस्ता लिन नआएपछि खोजी शुरु गरि रकम फिर्ता प्रक्रिया अघि बढाउने क्रममा सो रकम फिर्ता आएको तिवारी बताउनुहुन्छ । पुनर्निर्माण गर्न नसक्नाका कारणसहित कार्यालयले तथ्याङ्क सङ्कलन गर्ने कार्य गरिरहेको छ ।

१३ भूमिहीन भूकम्पपीडितले आवास निर्माण गर्न लालपूर्जा पाए
यहाँका १३ जना भूमिहीन भूकम्पपीडित लाजपूर्जाको मालिक बनेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूमिहीन लाभग्राहीलाई आवास निर्माणको लागि जग्गा उपलब्ध गराएपछि लालपूर्जा पाएका हुन् । लालपूर्जा पाएपछि भूमिहीन लाभग्राही खुसी भएका छन् ।

प्राधिकरणले भूमिहिन तथा जोखिमयुक्त बस्तीबाट सुरक्षित हुन चाहने भूकम्पपीडितहरुलाई घडेरी खरीद गर्न दुई लाख रुपियाँ उपलब्ध गराउने प्रावधान छ । लालपूर्जा खरीद गर्न रकम पाउने प्रावधान अनुसार जग्गा खरीद गरेर १३ जनालाई हस्तान्तरण गरिएको राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाईका कम्प्युटर अपरेटर सुजन तिवारीले जानकारी दिनुभयो । घर बनाउन र जग्गा खरिद गरी उनीहरुले पाँच लाख रुपियाँ पाउने व्यवस्था छ ।

तिवारीका अनुसार लालपूर्जा प्राप्त भइसकेपछि आवास अनुदानको लागि थप तीन लाख रुपियाँ पाउँछन् । प्राधिकरणबाट जग्गा खरिदको लागि थप रकम दुई लाख लिएका लाभग्राहीले १० वर्ष सम्म जमिन तथा घरलाई विक्री गर्न नपाईने प्रावधान रहेको इकाईले जनाएको छ । आफ्नो नाउँमा लालपूर्जा लिने सपना पूरा भएकोमा निकै खुसी लागेको बन्दीपुर गाउँपालिका–६ धरमपानीकी आइतमाया भुजेल बताउनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?