logo
२०८१ बैशाख ८ शनिवार



कुटपिटपछि मानसिक सन्तुलन गुमाएकी पीडित डुकादेवी, न्यायकाे पर्खाइमा

खुला |
समाज |


कुटपिटपछि मानसिक सन्तुलन गुमाएकी पीडित डुकादेवी, न्यायकाे पर्खाइमा
गर्भ संरक्षण विरुद्धको कसुर उपर जाहेरी दिन इलाका प्रहरी कार्यालय पथरी पुग्नु भएका डुकामायाका बुबाआमा । तस्विर– हरिप्रसाद कोइराला/उर्लाबारी


हरिप्रसाद कोइराला
कानेपोखरी(मोरङ), साउन ९ गते । मोरङको कानेपोखरी–५ चिसाङ बस्तीकी डुकादेवी दर्जी तामाङ यतिबेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा १५ दिनयता उपचाररत हुनुहुन्छ । मोबाइलको सिम चोरेको आरोपमा छिमेकीले मरणासन्न कुटपिट गरेपछि डुकुमायाको मानसिक सन्तुलन गुम्यो । मानसिक सन्तुलन गुमेपछि डुकादेवीलाई घर परिवारले बाँधेर घरमै राखे । देउदेउता लागेको भनेर धामी झाँक्री लगाए । बैद्य र विजुवा सबैलाई देखाए । तर, उहाँको होस फर्किएन ।

स्वास्थ्य अवस्था झनै गम्भीर भएपछि कानेपोखरी–५ का वडाध्यक्ष चरण गुरुङले उपचारका लागि अस्पताल पठाउनुभयो । उहाँले नै १५ हजार रुपियाँ समेत उपलब्ध गराएर अस्पताल भर्ना हुनुभएकी तामाङको उपचारका क्रममा प्रयोग भएका औषधिका कारण तीन महिनाको गर्भसमेत तुहिएको छ । पेटको बच्चा खेर गएपछि उहाँको अवस्था अझ जटिल भएको बुवा हर्कबहादुर दर्जीले बताउनुभयो । हर्कबहादुरका अनुसार गत वैशाख ३१ गते छिमेकीले मोबाइलको सीम चोरको आरोपमा कुटपिट गरेका थिए ।

हर्कबहादुरकी छोरी डुकादेबी सोही स्थानका कुमार तामाङसँग अन्तरजातीय विवाह गरी माइती नजिकै बस्दै आउनुभएको छ । घरमा डुकुमायाकी आठ वर्षीया छोरी छिन् । कमजोर आर्थिक अवस्थाको तामाङ परिवारले उपचार खर्च जुटाउन छैन । पीडित डुकाका बुवा हर्कबहादुर दर्जीले भन्नुभयो – ‘अढाई लाख रुपियाँ खर्च भइसक्यो । कुटपिट गर्नेहरू छाति फुलाएर हिँडिरहेका छन् ।’

डुकाको माइती तर्फबाट दलित अधिकारकर्मीहरूको सहयोगमा जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी मुद्दा दर्ता भएको थियो । तर, अदालतले २५ हजार रुपियाँका दरले धरौटी लिएर तीनै जनालाई छोडेपछि डुकादेवीको माइती परिवार यतिबेला न्याय खोज्दै भौंतारिरहेको छ ।
शुक्रबार दर्जी परिवारले गर्भ संरक्षण विरुद्धको कसुर उपर इलाका प्रहरी कार्यालय पथरीमा मुद्दा दर्ता गराएको छ ।

वैशाख ३१ गते डुकादेवीलाई कुटपिट गर्ने मगर परिवार २२ वर्षीया पुष्पा २४ वर्षीया बविता, ४० वर्षीया नीरमाया र अन्दाजी ५०÷५५ वर्षीया बिन्दामाया मगरलाई विपक्षी बनाई मुद्दा दायर गरिएको हो । दमाई छोरी तामाङसँग विवाह गरेर ठूली भइस् भन्दै कुटपिट गरेको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?