logo
२०८१ बैशाख १३ बिहीवार



सिँचाइ नहरमा डुबेर दुई बालकको मृत्यु

खुला |


सिँचाइ नहरमा डुबेर दुई बालकको मृत्यु


शान्ता अधिकारी
चितवन, साउन ६ गते । चितवनको भरतपुरमा सञ्चालित नारायणी लिफ्ट सिँचाइ नहरमा डुबेर बुधबार दुई बालकको मृत्युभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भारतपुर महानगरपालिका २ स्थित नहर छेउको खुल्ला चौरमा क्रिकेट खेलेर हातखुुट्टा धुन नहरमा गएका भरतपुर २ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुवेर मृत्युभएको हो ।
प्रत्येक्षदर्शीलाई उदिृत गर्दै प्रहरीले हात खुुट्टा धुने क्रममा चिप्लिएका शर्मालाई बचाउन जाने क्रममा जोशीसमेत नहरमा डुबेका जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार अपरान्ह ४ बजेको समयमा भएको उक्त घटनाको सूचना प्राप्त हुनसाथ त्यहाँ पुगेको प्रहरी टोलीले बालक चिप्लिएको भनिएको स्थान भन्दा दुई सय मिटर तल उनीहरुको उद्धार गरी अस्पताल पठाइएको थियो । अस्पताल पु¥याइएका दुवैको त्यहाँ पु¥याउनु अगावै मृत्युभएको अस्पतालले जानकारी दिएको प्रहरी जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?