logo
२०८० चैत्र १६ शुक्रवार



समयमै उपचार नपाउँदा एक सुत्केरीको ज्यान गयो

खुला |
समाज |


समयमै उपचार नपाउँदा एक सुत्केरीको ज्यान गयो


मनोज भट्टराई
ओखलढुंगा, साउन २ गते । जिल्लाको मोलुङ गाउँपालिकामा समयमा उपचार नपाउँदा एकजना सुत्केरीको मृत्यु भएको छ । वडा नं. ७ पात्ले, वाख्रेकी वर्ष ३२ की सुनिता लामिछानेको उपचार अभावमा ज्यान गएको हो । शुक्रबार विहान सामान्य अवस्थामा नै बच्चा जन्माएकी लामीछानेलाई उच्च रक्तश्राव भए पछि उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको हो ।

नियमित गर्भ जाँच गराइरहेकी लामीछानेलाई स्वास्थ्यकर्मीले साउन २२ गते मिति दिएको भए पनि उनलाई असार ३१ गते बेलुकादेखि प्रसव पीडा भएको परिवारले जनाएको छ । शुक्रबार विहान ८ बजे सामान्य अवस्थामा बच्चा जन्मिएको भए पनि उनलाई निरन्तर रक्तश्राव भएका कारण उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको मोलु गाउँपालिका वडा नंं ७ का वड अध्यक्ष हेम सुनुवारले जानकारी दिनुभयो । परिवारका सदस्यले छिमेकमा कसैलाई खबर नगरेकै कारण समयमा उपचार नपाउँदा उहाँको मृत्यु भएको सुनुवारको भनाइ छ ।

बिरामी भएको छमेकीले थाहा पाउनसाथ सुत्केरीलाई उपचारको लागि गाउँपालिका केन्द्रमा रहेको स्वास्थ्य चौकीमा पु¥याएको भए पनि उनको त्यहा उपचार संभव भएन । गाउँपालिकाको केन्द्रमा रहेका स्वास्थ्यकेन्द्रले ओखलढुंगा सामुदायिक अस्पताल ओखढुंगामा तुरुन्त रिफर गरिएको भए पनि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । हाल बच्चाको अवस्था सामान्य रहेको र छिमेकीको साहरामा बच्चा रहेको वडा अध्यक्ष सुनिरको भनाइ छ । दुर्गममा स्वास्थ्य सेवाबाट बञ्चित भएर वर्षेनी महिलाहरुले उपचार अभावमा ज्यान गुइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?