logo
२०८१ बैशाख १३ बिहीवार



नगरपालिकाका अति विपन्न सात परिवारका लागि घर

खुला |
समाज |


नगरपालिकाका अति विपन्न सात परिवारका लागि घर



तिलाचन पाण्डे
तम्घास, असार २२ गते । रेसुङ्गा नगरपालिका भित्रका सात जना अति विपन्न परिवारका घर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रममार्फत अति विपन्न सात परिवारका घर निर्माणको कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाका सूचना अधिकारी शङ्करप्रसाद गौतमले जानकारी दिनुभयो ।
उनीहरु आर्थिक हिसाबले कमजोर र घरको अवस्था दयनीय भएकाले उनीहरुको घर निर्माण गरिदिएको हो । उनीहरुलाई प्रति घर तीन लाख रुपियाँका दरले उपलब्ध गराइने गौतमले बताउनुभयो ।
नगरपालिकाको वडा नम्बर चार रैदीका झबिन्द्र दमै, वडा नम्वर नौ बजियानाकी तारा बिश्वकर्मा,वडा नम्वर तीन बुढीचौरका रुक्मांगत दमै, वडा नम्वर नौ खालाचौरकी हुमकला आचार्य, वडानम्वर दश सिमीचौर तक्नामका मधु आचार्य, वडा नम्वर सात भुजेलखर्ककी खिमकला सुनार र वडा नम्वर दश मैदानकी हेमा कुँवरको घर निर्माणको कार्य भएको कार्यक्रमका सहजकर्ता राजन घिमिरेले जानकारी दिनुभयो ।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत नयाँ घर पाएपछि उनीहरु खुसी भएका छन् । आर्थिक रुपमा कमजोर भएपनि स्थानीय सरकार र राज्य आफूहरुको साथमा रहेको अनुभूति भएको उनीहरुले बताएका छन् ।
वडाको सिफारिसका आधारमा उनीहरुको घर निर्माण गरिदिएको नगरपालिकाले जनाएको छ ।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत कृषकहरुलाई पाँच सय लिटरका ट्याङकी, विभिन्न सीपमूलक तालिम प्रदान लगायतका कार्यहरु गर्दै आएको घिमिरेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?