logo
२०८१ बैशाख ८ शनिवार



अशक्तले पाए घरमै नागरिकता, पाएपछि अशक्त साउद हुनुभयाे खुसी

खुला |
समाज |


अशक्तले पाए घरमै नागरिकता, पाएपछि अशक्त साउद हुनुभयाे खुसी
सहायक प्रमुख जिल्ला अधिकारी बाजुराका समीर भण्डारी त्रिवेणी ३ का अशक्त टेकबहादुर साउदको हातमा नागरिकता दिँदै ।



शेरबहादुर सार्की
बाजुरा, असार २२ गते । केही वर्ष अघि दुई चार दिन लगाएर नागरिकता लिँदै गरेका बाजुराका अधिकांश स्थानीयवासी पछिल्लो समयमा गाउँमै नागरिकता पाउन थालेका छन् । बाजुराका अधिकांश गरिब, दुःखी, अपाङ्ग, असक्तहरुले शारीरिक तथा आर्थिक समस्याका कारण जिल्ला सदरमुकाम मार्तडीमा आएर नागरिकता लिन निकै सास्ती खेप्दै आउनुपरेको छ ।
अहिले त्यो समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय बाजुराका नौ वटै स्थानीय तहमा पुगेर उनीहरुको घर आँगनमै सेवा दिन थालेपछि बाजुराका स्थानीय बासिन्दाहरुले बल्ल सरकार गाउँमा पुगेको महसुस गरेका छन् ।
यसै क्रममा त्रिवेणी नगरपालिका वडा नम्बर –४ बस्ने अशक्त टेकबहादुर साउदले गत सोमबार घरमै नागरिकता प्राप्त गरेका छन् ।
बाजुरामा लगातार पर्दै गएको अविरल वर्षाका कारण गाउँका सडक पूर्णरुपमा बन्द भएपछि उहाँले सदमुकाम मार्तडी गएर नागरिकता लिन सकेको थिएन ।
यतिबेला जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीसहितको टोली उहाँको घरमै पुगेपछि बल्ल उहाँले नागरिकता पाउनुभएको हो ।
४१ वर्षीय अशक्त टेकबहादुर साउद विगत केही महिनादेखि बिरामी भएर घरभित्रै थला परेका छन् ।
अहिले उहाँको उपचारका लागि आर्थिक व्यस्था गर्न नागरिकताको आवश्यक भएपछि त्रिवेणी नगरपालिकाले उहाँलाई घरमै नागरिकता दिलाउने गरी जिल्ला प्रशासन कार्यालय बाजुरामा निवेदन गरेपछि उहाँले बल्ल नागरिकता पाएको हो ।
अपाङ्ग, असहाय, दलित महिलाहरुले पाउने सेवा यस अघि कागजमा उल्लेख गरिएको भए पनि त्यो सेवा प्रत्यक्षरुपमा नागरिकले पाउने गरेका थिएनन् ।
सरकारी निकायले जसरी भए पनि नागरिकहरुलाई सहज हुने गरी काम गर्नु पर्छ भन्ने कुरा यती बेला जिल्ला प्रशासन कार्यालयबाट सुरुवात भएको छ ।
नागरिकता परिचयपत्र लगायतका प्रमाणपत्र लिनका लागि हप्तौ दिन लाउँदै आएको स्थानीय अहिले त्यो सेवा प्रत्यक्षरुपमा गाउँमै पाउन थालेपछि स्थानीयमा निकै खुःसी छाएको त्रिवेणी नगरपालिका वडा नम्बर –३ का अध्यक्ष मीन भण्डारीले बताउनुभयो ।
साउँद बिरामी भएर घर बाहिर निष्कने अवस्था नभएको र नागरिकता लिनका लागि जिल्लामा आउन नसकेकोले साउँदको घरमै पुगेर नागरिकता दिएको जिल्ला प्रशासन कार्यालय बाजुराका सूचना अधिकारी समीर भण्डारीले बताउनुभयो ।
भारी वर्षातका कारण गाउँका सडक अवरुद्ध हुँदै आएकोले असक्त साउँदलाई बोकेर जिल्ला सदरमुकाम मार्तडी ल्याउन नसकिने अवस्था रहेकाले जिल्ला प्रशासान कार्यालय बाजुराले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नागरिकता टोली गाउँ गाउँमा खटाएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, जिल्लामा लामो समयसम्म भएको बन्दाबन्दीले अपाङ्ग असहाय अशक्त लगायतका नागरिकले नागरिकता लिन नसकेकोले यतिबेला उनीहरुलाई घरमै नागरिकता दिने गरी गाउँमै नागरिकता टोली पठाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?