logo
२०८१ बैशाख ११ मंगलवार



बाजुरामा एकसय २४ घरपरिवार त्रिपालको बास

खुला |


बाजुरामा एकसय २४ घरपरिवार त्रिपालको बास



शेरबहादुर सार्की
बाजुरा, असार १५ गते । बाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका ९७ घरपरिवार अहिले त्रिपाल मुनीको बास बस्दै आएका छन् ।
गत जेठ २९ गते र असार ३ गते आएको अविरल वर्षाका कारण घरमाथिबाट पहिरो आएर पुरै गाउँ जोखिम भएपछि हिमाली गाउँपालिका ४ का २७ र वडा नं ५ को क्यूडीका ९७ गरी १२४ घरपरिवार अहिले खुल्ला आकासको त्रिपालमुनीको बास बस्दै आएका छन् ।
हिमाली गाउँपालिका ५ का स्थानीय दलबिर सार्कीले भन्नुभयो, सडक भाँसिदा गाउँ जोखिममा रहेको छ । त्यही जोखिम भएको ठाउँमा बास बसौँ भने कतिबेला पहिरोले बगाएर लिन्छ , त्यसैले सुरक्षितका लागि गाउँ नजिकैको चौरमा त्रिपाल हालेर बास गर्दै आएका छाँै ।
उहाँले भन्नुभयो, ‘सानो त्रिपाल छ, त्यसैमा बालबच्चा धेरै छन् ,खानेकुरा पनि केही छैन् । जवान बालबच्चा कसरी जोगाउ, भन्ने चिन्ता परेको छ ।’
जेठ २९ गतेदेखि असार दोस्रो सातासम्म लगातार आएको अविरल वर्षाका कारण गाउँमाथिको सडकनै तल भाँसिएपछि गाउँ जोखिममा रहेको हिमली गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष अम्मलाल कार्कीले बताउनुभयो ।
अहिले बाढीपहिरोबाट प्रभावित भएका घरपरिवारको तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको हिमाली गाउँपालिका सूचना अधिकारी पराम पाण्डेले बताउनुभयो ।
हिमाली र स्वामीकार्तिक गाउँपालिकाको पछिल्लो अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालय सुरक्षा निकायको सम्मिलित टोली प्रभावित क्षेत्रमा पठाएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।
त्रिपालमुनीको बास बस्दै आएका हिमालिका गाउँपालिका वडा नं ४ र ५ क्यूडीका पहिरोपिडित् । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?