logo
२०८१ बैशाख १२ बुधवार



करेन्ट लागेर युवकको मृत्युपछि पीडितद्वारा मेलम्चीका मेयरको गाडी तोडफोड

खुला |


करेन्ट लागेर युवकको मृत्युपछि पीडितद्वारा मेलम्चीका मेयरको गाडी तोडफोड


चित्र मिजार
सिन्धुपाल्चोक, असार ८ गते । मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल चढ्ने नगरपालिकाको गाडी तोडफोड भएको छ । मेलम्ची बाढीपीडितहरुले पीडितका पक्षमा प्रभावकारी ढङ्गले काम नगरेको भन्दै पीडितहरुले मेयर सवार गाडी तोडफोड गरेका हुन् ।
नगरपालिकाको स्वामित्वमा रहेको बा २ झ १६५० नम्बरको स्र्कापिर्यो पीडितले तोडफोड गरेका हुन् । मेलम्ची बाढीपीडित युवा धर्म भण्डारीलाई करेन्ट लागेर मृत्यु भएकाे विषयमा मेयर अर्यालले कुनै पनि प्रभावकारी भूमिका नखेलेको भन्दै पीडितले उहाँ सवार गाडी फुटाएको बताइएको छ ।
मेलम्ची बाढीले भुइँमा ढलेको बिजुलीको तारमा विद्युत प्रवाह गरेका कारण मेलम्चीका एक बाढीपीडित युवाको निधन भएको थियो । सो विषयमा मेयर अर्याल जिम्मेवार नदेखिएपछि पीडितहरुले गाडीलाई तोडफोड गरेको पीडितहरुले जनाएका छन् । यस विषयमा इलाका प्रहरी चौकीले अनुसन्धान गरिरहेको छ । यस विषयमा मेयर अर्याल बोल्न चाहनुभएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?