logo
२०८१ बैशाख १२ बुधवार



बाटाे अनुगमनबाट फर्केकाे प्रहरीकाे गाडी दुर्घटना, एसपी सहित छ घाइते

खुला |


बाटाे अनुगमनबाट फर्केकाे प्रहरीकाे गाडी दुर्घटना, एसपी  सहित छ घाइते


शालिग्राम नेपाल 
चितवन , असार ४ गते । बाढीपहिरोको अनुगमन गरेर फर्केका चितवनका प्रहरी प्रमुखसहित छ जना दुर्घटनामा परी घाइते भएका छ्न् । चितवनको मुग्लिन पुल, बजार, पहिरो जाने स्थानलगायतको अनुगमन गरेर फर्कदा नारायणगढ मुग्लिन सडकको गाइघाटमा शुक्रबार साझ ५ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित छ जनाकाे  टोली दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी प्रेमराज लामिछानेले जानकारी दिनु भयो ।
मुग्लिन खडक खण्डको गाईघाटमा माल वाहक ट्रकको ठक्करबाट एसपी अधिकारीसहित ६ जना घाईते भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले जानकारी दिनु भयो ।
“हामी मनसुन सुरु भएकोले विभिन्न ठाँउमा आफै सुरक्षा टोलीसहित निरीक्षण गर्ने अभियानमै थियौँ, मुग्लिन सडक र मुग्लिन पुलको अवस्थामा निरीक्षण गरेर फर्किदै थियौँ सिडियो लामिछानेले भन्नु भयो–एसपी साबको गाडी अगाडि थियो, एक्कासि ट्रकले हान्यो, धन्य केहि भएन् । हामी अन्य टोलीलाई केहि भएन् ।”
। घाईते एसपी अधिकारीको टाउको, मुख र हातमा चोट लागेको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिनु भयो। भने बाँकी पाँच जना प्रहरीहरुको समेत कतै टाउको कतै हातमा चोट लागेको छ ।
घाईते सबैको कलेज अफ मेडिकल साईन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भईरहेको छ । ट्रकको ठक्करका कारण प्रहरीको जीपको अगाडिकाे भाग पूर्ण रुपमा क्षति छ । भने ठक्कर दिने गाडी र चालक चितवन प्रहरीको नियन्त्रणमा रहेको छ ।
प्रमुख जिल्ला अधिकारीका अनुसार घाइतेलाइ ठूलो चोट लागेको छैन । मुग्लिनको पुल वर्षाका कारण एक छेउको भागमा पहिरो जान थालेको उहाँले जानकारी दिनु भयो । अबस्थाको बारेमा जानकारी लिएर फर्केका छौ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?