logo
२०७८ असोज ९ शनिवार

दैनिक अध्यावधिक

image
1103

सङ्क्रमित

image
1550

निको भएका

image
9

मृत्यु भएका

मिति:आश्विन ८, २०७८ (१६:४१)
स्राेत:https://covid19.mohp.gov.np/



इरानमा राष्ट्रपतिका लागि मतदान शुरु, कट्टरपन्थी उम्मेदवारले जित्ने सम्भावना

अन्तर्राष्ट्रिय |


इरानमा राष्ट्रपतिका लागि मतदान शुरु, कट्टरपन्थी उम्मेदवारले जित्ने सम्भावना
तस्विर-डेक्कन हेराल्ड


दुबई, असार ४ गते। इस्लामिक मुलुक इरानको राष्ट्रपतिका लागि शुक्रबार बिहानैदेखि मतदान शुरु भएको छ । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त कट्टरपन्थी उम्मेदवार नै यस पटकको चुनावमा विजयी हुने अनुमान गरिएको छ ।

इरानको राष्ट्रपतिमा यस पटक चार जनाले उम्मेदवारी दिनुभएको छ । सर्वोच्च नेता खामेनीले न्यायपालिकाका प्रमुख इब्राहिम राइसीलाई समर्थन गर्नुभएकाले उहाँ नै विजयी हुने मतसर्वेक्षणहरुले देखाएका छन् ।

केन्द्रीय बैंकका पूर्व प्रमुख अब्दोलनासेर हेमाटीलाई औसत एवं नरम उम्मेदवार मानिएको छ ।

राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भए उहाँ अमेरिकी सरकारले प्रतिबन्ध लगाएको पहिलो राष्ट्रपति हुनुहुनेछ । राइसीमाथि सन् १९८८ मा बन्दीहरुको सामूहिक हत्याको आरोप छ । साथै राइसीले इरानी न्यायपालिकाको नेतृत्व सम्हालेको अवधिमा इरानमा सबैभन्दा बढीलाई मृत्युदण्ड दिइएको थियो ।

मतदानका लागि बिहान सात बजेदेखि मतदान केन्द्रहरु खुलेका छन् । सर्वोच्च नेता खामेनीको अध्यक्षतामा रहेको उम्मेदवार छनाेट समितिले सुधारवादी र पूर्व राष्ट्रपति हसन रौहानीसँग निकट रहेका कैयौं व्यक्तिलाई उम्मेदवार हुनबाट बन्चित गरेको थियो ।

सर्वोच्च नेता खामेनीले राजधानी तेहरानमा मतदान गर्नुभएको छ । उहाँले आमनागरिकलाई मतदानमा सहभागी हुन पनि आग्रह गर्नुभएको छ ।

राष्ट्रपतिका प्रभावशाली उम्मेदवार राइसीले दक्षिणी तेहरानको मस्जिदमा मतदान गर्नुभएको छ । उहाँले पनि इरानका सबै योग्य नागरिकलाई मतदानमा भाग लिन आग्रह गर्नुभयो ।

राइसीको उम्मेदवारीलाई लिएर इरानका कतिपय नागरिकले असन्तुष्टि जनाएका छन् ।

करिब आठ करोड जनसङ्ख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता छन् । तर सरकारसँग निकट इरानी विद्यार्थी सङ्गठनले यस पटक करिब ४२ प्रतिशत मतदान हुने जनाएको छ ।

यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिको यो सबैभन्दा न्यून मतदान हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?