logo
२०८० चैत्र १६ शुक्रवार



सशस्त्र युद्धका अमेरिकी पेस्तोलसहित चौधरी पक्राउ

खुला |
समाज |


सशस्त्र युद्धका अमेरिकी पेस्तोलसहित चौधरी पक्राउ



भक्तिविलास पोखरेल
गाईघाट, असार ३ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ मोतिगडाबाट पेस्तोल र गोलीसहित एकजनालार्ई प्रहरीले पक्राउ गरेको छ । पेस्तोलसहित प्रहरीले जसपाका जिल्ला सदस्य ५० वर्षीय पर्शुराम चौधरीलाई बुधबार राति पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोली तथा चन्दाका रसिदसहित पक्राउ गरेको हो । बिहीबार जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा पेस्तोलसहित निजलाई प्रहरीले सार्वजानिक गरेको छ ।

सो पत्रकार सम्मेलनमा उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भिमबहादुर दाहालले सशस्त्र द्वन्द्वकालदेखि नै हतियार राखी चन्दा आतंक मच्चाउँदै आएको भन्ने सूचनाका आधारमा निज चौधरीलाई अनुसन्धानका क्रममा कान्छी श्रीमती श्यामकुमारी चौधरीको घरबाट पक्राउ गरिएको बताउनुभयो । प्रहरीले निजको घरबाट पेस्तोल, गोली, अखिल नेपाल टे«ड युनियन महासंघ लेखिएको ८ ठेली सहयोग रसिद, नेकपा माओवादी केन्द्र लेखिएको तीन थान सदस्यता र अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको ८५ थान सदस्यता पत्रसमेत बरामद गरेको छ ।

पक्राउ परेका चौधरीलाई अवैद्य हातहतियार तथा खरखजना ऐन अन्र्तगत मुद्दा दर्ता गरिनेछ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विगतमा भएको द्वन्द्वको अवशेषकारुपमा अझँै पनि हतियार रहेको देखाएको छ । ‘सदरमुकाम गाईघाटमै द्वन्द्वकालिन हतियार देखिनुले त्यसबेलाका सबै हतियार राज्यलाई नबुझाइएको देखिएकाले थप अनुसन्धानमा प्रहरी जुटिरहेको पनि प्रहरी उपरीक्षक दाहालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?