logo
२०८१ बैशाख ७ शुक्रवार



खोलाले बगाएर एकजना बेपत्ता

प्रदेश |


खोलाले बगाएर एकजना बेपत्ता


गणेश खनाल
अर्घाखाँची,असार २ गते । सन्धिखर्क नगरपालिका वाड नम्वर ५ का चोलानाथ अधिकारीलाई खोलाले बगाएर बेपत्ता हुनुभएको छ ।
सनपा ५ कै मथुराको खोलाले बगाएर बेपत्ता हुनुभएका अधिकारीको खोजिकार्य जारी राखिएको प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिनुभयो ।
अविरल परेको पानीले खोलाहरू बढेर आवतजावत गर्न कठिन भइरहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला अन्य मानवीय क्षति नभए पनि भौतिक क्षति भने भएको जनाईएको छ । जिल्लाभरको क्षति सकलन गर्ने कार्य भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?