logo
२०८० चैत्र १५ बिहीवार



कालीगण्डकीको पुलमा क्षति

खुला |


कालीगण्डकीको पुलमा क्षति


ज्ञानु पंगेनी
कावासोती, असार २ गते । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका २ डेढगाउँ र तनहुँको घिरिङ्ग गाउँपालिका ४ जोड्ने कालीगण्डकी नदीको पुल जोखिममा परेको छ ।
लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले पुलमा क्षति पु¥याएको हो । डेढगाउँतर्फ ग्राभेल गरको भाँसिदै गएको र तनहँुतर्फ ( ब्यच फिलिङ्ग) पुरै बाढीले बगाएको गेढगाउँका स्थानीय उज्ज्वल ओझाले जानकारी दिनुभयो । तनहुँतर्फ पुलमा आउनै नमिल्ने गरेर बाढीले बगाएको छ । वर्षा नरोकिए पुल नै बगाउन सक्ने उहाँले बताउनुभयो । दुई वर्ष अघि मात्रै निर्माण गरिएको उक्त पुलको उद्घाटन समेत गर्न नपाउँदै वाढीले क्षति पु¥याएको छ ।
यस्तै, बौदीकाली गाउँपालिका वडा नं. २ र ५ जोड्ने निरन्दी खोलामा बन्दै गरेको पुलमा समेत बाढीले क्षति पु¥याएको छ । वाढीले पुलको डाइभर्सन सबै बगाएर पुलको पिलरमा थुपारेको छ ।
पहाडी क्षेत्रको मकामको रुपमा चिनिएको डेढगाउँमा वर्षाले गर्दा सबै सडक सञ्जालबाट बञ्चित हुनुपरेको ओझाले बताउनुभयो । तनहुँतर्फको पुल आवतजावत गर्न नमिल्ने गरेर जोखिममा परेको, कावासोतीतर्फ आउने बाटोमा पर्न बौदीकाली २ र ५ जोड्ने निरन्दी खोलामा पुल बनिनसकेका कारण वाढी आउँदा वारपार गर्न नसकिने, पाल्पातर्फ करिडोरको बाटो पुरै पहिरो गएका कारण रामपुर जान समेत नसक्ने अवस्था आएकाले कुनै विरामी परेमा पनि अस्पताल पु¥याउन नसक्ने अवस्था भएको ओझाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?