logo
२०८० चैत्र १६ शुक्रवार



वार्षिक एकसय जना कामदार पठाएको प्रमाणसहित इजाजत नवीकरण गर्न आह्वान

विदेश |
खुला |


वार्षिक एकसय जना कामदार पठाएको प्रमाणसहित इजाजत नवीकरण गर्न आह्वान
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौं, असार २ गते । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायीलाई इजाजत नवीकरण गर्न आह्वान गरेको छ । विभागले आज सूचना जारी गर्दै वर्षमा कम्तिमा एकसय कामदार वैदेशिक रोजगारीमा पठाएको प्रामाणीत कागजात सहित नवीकरणका लागि उपस्थित आग्रह गरेको हो ।

मुलुकमा कोरोना संक्रमण कारण बर्षमा एक सय जना कामदार पु¥यान नसकिने व्यवसायीले भनिरहेको वेला विभागले नविकणको लागि सूचना जारी गरेको हो । विभागले असार मसान्तभित्र इजाजत नवीकरणका गर्न सकिने सूचनामा उल्लेख गरेको छ ।

यसैगरी नवीकरणका लागि अन्य कागजातमा अघिल्लो आर्थिक वर्षको आय विवरण बुझाएको भरपाई वा आयकर दाखिला गरेको प्रमाण समेत समेत पेस गर्न भनिएको छ । इजाजतपत्रको प्रतिलिपि, नगद धरौटी र बैंक ग्यारेन्टीको प्रतिलिपि पर्ने नविकरणको लागि आवश्यक पर्छ ।

वर्षमा प्रत्येक वर्ष कम्तिमा एक सय कामदार वैदेशिक रोजगारी पठाउन नसक्ने वैदेशिक रोजगार कम्पनीको इजाजत स्वतः खारेज हुने व्यवस्था छ । वैदेशिक रोजगार नियमावली २०६४ (पाँचौँ संसोधन) मा उक्त व्यावस्था छ । रोजगारीका गन्तव्य मुलुक र नेपालमा समेत कोरोनाको लामो महामारीका कारण अधिकांश वैदेशिक रोजगार कम्पनीले वर्षमा कम्तिमा एक सय जना कामदार पठाउन सकेका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?