logo
२०८१ बैशाख १३ बिहीवार



अर्घाखाँचीमा निषेधाज्ञा केही खुकुलाे बनाइ असार ७ गतेसम्म थप

खुला |
प्रदेश |


अर्घाखाँचीमा  निषेधाज्ञा केही खुकुलाे  बनाइ असार ७ गतेसम्म  थप
फाइल तस्बिर


गणेश खनाल
अर्घाखाँची,जेठ ३१ गते । अर्घाखाँचीमा असार ७ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासनले केही खुकुलो पारी निषेधाज्ञा जारी राखेको हो ।
अर्घाखाँची प्रशासनले सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरी किराना, खाद्यान्न, हाड्वेयरसहित खरिद तथा बिक्री गर्ने पसलहरु बिहान ५ बजेदखि दिउँसो १ बजेसम्म मात्रै खुला रहने अर्घाखाँची प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताउनुभयाे ।
तर शिक्षण संस्था, पार्टी प्यालेस, होटल तथा रेष्टुरेष्ट, ब्युटी पार्लर, विभिन्न तालिम, सभा–सम्मेलन, धार्मिक तथा सांस्कृतिक कार्यक्रम सबै बन्द रहनेछन् । 
 
जिल्लामा कोरोना संक्रमणबाट मृत्युदर घटेको छ । संक्रमण दर भने घटेको छैन । पहिलाजस्तो एन्टिजेन, पीसीआर परीक्षण नभएकाले कोरोना संक्रमणको अवस्था कस्तो छ भनेर बुझ्न नसकिएको पौडेलले बताउनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?