logo
२०८१ बैशाख १२ बुधवार



मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका भट्टराईको मृत्यु

खुला |


मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका भट्टराईको मृत्यु
दुर्घटनामा परेको मोटरसाइकल



अमरराज नहर्की
तनहुँ, जेठ ३१ गते । पृथ्वी राजमार्ग खण्डमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका– ७ मालेबगरमा भएको दुर्घटनामा परी नेपाली सेनामा कार्यरत एक जवानको मृत्यु भएको छ । पोखरा महानगरपालिका २४ घर भै झापाको ११ नम्बर बाहिनीमा कार्यरत २८ वर्षीय प्रदीप भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखराबाट दमौली जाँदै गरेका भट्टराई सवार ग. १४ प ७२०१ नं को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना.७ ख ११६८ नं को कन्टेनरले सोमबार दिउँसो ठक्कर दिँदा घाइते हुुनुभएको थियो ।
घाइते सिपाहीको स्थानीय जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो । कार्यालयमा हाजिर हुनका लागि मोटरसाइकलबाट भट्टराई जाने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनाको अनुसन्धानका लागि चालक र कन्टेनरलाई नियन्त्रमा लिइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?