logo
२०८१ बैशाख १२ बुधवार



राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम ल्याउँछुः सञ्चारमन्त्री थापा 

राष्ट्रिय |


राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम ल्याउँछुः सञ्चारमन्त्री थापा 


काठमाडौँ, जेठ २८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयको लक्ष्य तथा योजना सफल पार्नेगरी आफ्नो ध्यान केन्द्रीत गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालयका महाशाखा तथा शाखा प्रमुखसँग आज सम्पन्न छलफलमा उहाँले नयाँबजेटमा घोषणा भएअनुरुप मन्त्रालयका कार्यक्रमलाई प्रभावकारी ढङ्गले सम्पादन हुने गरी कार्ययोजना बनाउनुपर्छ भन्नुभयो ।    
    
कर्मचारीलाई परिणाम आउने गरी कार्य सम्पादन गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, “कति ध्यान दिएर काम गरे भन्ने आफूलाई थाहा हुन्छ । आफ्नो कामबाट सबै भन्दा पहिले आफू सन्तुष्ट हुने गरी काम गर्नुहोस् ।”मन्त्री थापाले पहिलेको राम्रा कार्यक्रमलाई निरन्तरता दिने तथा केही नयाँ कार्यक्रमहरु ल्याउने गरी आफूले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।    
    
अहिलेको युग सूचनाप्रविधिको युग भएको जनाउँदै उहाँले सोहीअनुरुप नेपालले यस क्षेत्रमा फड्को मार्न आवश्यक रहेकामा जोड दिनुभयो । मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, महाशाखाका प्रमुख लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा मन्त्रालयले सम्पादन गरिरहेका काम तथा आगामी कार्यक्रम सम्बन्धी विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?