logo
२०७८ असार ७ सोमवार

दैनिक अध्यावधिक

image
1421

सङ्क्रमित

image
3456

निको भएका

image
51

मृत्यु भएका

मिति:असार ६, २०७८ (१७:३२)
स्राेत:https://covid19.mohp.gov.np/



उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने एक हजार ४१ वटा सवारीसाधन कारबाहीमा

खुला |


उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने एक हजार ४१ वटा सवारीसाधन कारबाहीमा


गोरखापत्रअनलाइन
काठमाडौँ, जेठ २७गते । काठमाडौँ उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने एक हजार ४१ वटा सावारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । निषेधाज्ञा उलंघन गरी चलाइएका एक हजार ४१ वटा सावारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ७८९ वटा दुई पाङग्रे, १७९ वटा चारपाङ्ग्रे, १३ वटा ट्याक्सी र ६० वटा ठुला सवारी साधन रहेको ट्राफिक प्रहरी कार्यलय रामशाहपथले जनाएको छ ।
निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सवारी साधनमात्र सञ्चालन हुन पाउने भए पनि नियम उल्लंघन गर्नेको संख्या दैनिक जसो उस्तै रहेको ट्राफिक प्रहरीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?