logo
२०८१ बैशाख १३ बिहीवार



राउटे युवतीमाथि भएको यौन अपराधका घटनाका दोषीलाई कारवाही माग   

खुला |
समाज |


राउटे युवतीमाथि भएको यौन अपराधका घटनाका दोषीलाई कारवाही माग   
फाइल तस्बिर


काठमाडौँ, जेठ २७ गते । अखिल नेपाल महिला सङ्घले सुर्खेत जिल्लामा राउटे युवतीमाथि भएको यौन अपराधका घटनामा संलग्नलाई कारवाही गर्दै पीडितलाई न्याय दिलाउन सरकारसमक्ष माग गरेको छ । सङ्घका सहसंयोजक थममाया थापाले आज विज्ञप्ति जारी गर्दै नेपाल अन्तरराष्ट्रिय मानवाधिकार र महिला अधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्रसमेत भएकाले लोपोन्मुख समुदायको मानवाधिकारको रक्षा गर्नुपर्ने माग गर्नुभएको छ ।    
 ‘यो समुदायका नागरिकहरुलाई सुरक्षित स्थानमा व्यवस्थित बसोबास गराई संरक्षण दिनसमेत नेपाल सरकारको सम्बन्धित निकायलाई अखिल नेपाल महिला संघ हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?