logo
२०८१ बैशाख १३ बिहीवार



कोरोना कहरः रोजगारी गुमाएकालाई रोग भन्दा भोकको चिन्ता 

खुला |
प्रदेश |


कोरोना कहरः रोजगारी गुमाएकालाई रोग भन्दा भोकको चिन्ता 
फाइल तस्बिर


शेरबहादुर सिंह

महेन्द्रनगर, जेठ १७  गते । सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराबाट तीनवर्ष अगाडि सुर्जा केसी पति सहित काम गर्न कञ्चनपुरको महेन्द्रनगर झर्नुभयो ।उहाँले यहाँको बसपार्कमा सानो होटल व्यवसाय सञ्चालन गरेर जिविकोपार्जन गर्र्दै आउनुभएको थियो । कोरोना जोखिमले गतर्ष लकडाउन भयो । उहाँलाई जीवन गुजार्न समस्या भयो ।  

 उहाँ अहिले लकडाउनमा साइकलमा तरकारी बेचेर परिवारको छाक टार्दैछिन् । “भाडामा होटल सञ्चालनमा ल्याएको बर्षदिनमा कोरोनाका कारण लकडाउन हुँदा व्यवसाय प्रभावित हुँदै परिवारमै खानपिनको जोहो गर्न सकस भयो ।” उहाँले भन्नुभयो“ दोस्रो लहरमा भोकै मर्नुभन्दा तरकारी बेचेर छोरा छोरी पालौं भनेर बजारका गल्ली चहार्दै छु ।”    
 स्थानीय प्रशासनले यहाँ दुई दिन तरकारी लगायत दैनिक उपभोग्य सामान किनबेचका लागि महेन्द्रनगर बजार खुलाउने गरेको छ भने साइकलमा घुम्ति तरकारी बेच्दा पनि प्रशासनले अनुमति दिएको छ । चार छोरा-छोरी र श्रीमानसहित तराइ महेन्द्रनगर पुगेकी केसीको सपना कोरोना कहरसंगै धरमराएको भान उहाँलाई हुन्छ ।  

 पोहोर साल लकडाउनमा दुई महिना घरको भाडा छुट भएको थियो ।” उहाँले भन्नुभयो–“ अहिले दिनभरी तरकारी बेच्यो भने रु पाँच सय जति मुनाफा हुन्छ, त्यही रकमले नुनतेल चलेको छ ।”    
 यहाँका नदीहरुमा गरिएको बगर खेती र व्यवसायी रुपमा गाउँबस्तीमा लगाइएको तरकारी खेतीबाट उहाँ दैनिक रु एक हजार पाँच सय देखि रु दुई हजारसम्म तरकारी खरिद गरेर महेन्द्रनगर बजार, जानकी टोल, कटान लगायगतका क्षेत्रमा बिक्री वितरण गर्नुहुन्छ ।

 पश्चिमीनाका गड्डाचौकी हुँदा भारत ओहोर दोहोर गर्नेहरु यहाँको बसपार्क क्षेत्रका होटलहरुमा आश्रय लिने गरेका कारण होटल व्यवसाय सञ्चालन हुदै आएको थियो ।  होटलमा बसोबास निःशुल्क र खानाको मात्रै पैसा लिएर सञ्चालन गरेका थियौं ।” उहाँले भन्नुभयो–“ अहिले लकडाउनमा होटल बन्द भएपछि साना होटल व्यवसायी तरकारी व्यापार, खसीबोकाको कारोबार र फलफूल बिक्रीमा लागेका छन् ।”    
 उहाँले होटल भाडामा लिएको मासिक रु सात हजार तिर्न सकस भइरहेको बताउनुभयो । “ श्रीमान अटो चलाएर दुई चार पैसा कमाउनुहुन्थ्यो, त्यो पनि बन्द भयो ।” उहाँले भन्नुभयो–“ कोरोनाका त्रासदीबिच म भने स्वास्थ्य सुरक्षा अप्नाउदै तरकारी बिक्रीमा होमिएको छु ।” उहाँले प्रचण्ड गर्मी र कोरोनाको त्रासमा आफू साइकलमा तरकारी बिक्रीका लागि गल्ली चहार्नु आफ्नो बाध्यता रहेको सुनाउनुभयो ।    
 केसी त समाचारका लागि एक प्रतिनिधि पात्र मात्रै हुन ।

उहाँ जस्ती साना होटल व्यवसाय गरेर जिविका चलाइरहेका यहाँका धेरै होटल व्यवसायी विस्थापनको सङ्घारमा छन्, भने ठुला होटल व्यवसायी लाखौं आर्थिक क्षति सहन बाध्य रहेको बताइरहेका छन् ।होटल व्यवसायी संघ कञ्चनपुरका उपाध्यक्ष शुशील भट्टले कोरोना कहरले होटल व्यवसाय क्षेत्र तहसनहस भएको बताउनुभयो । “ साना होटल व्यवसायीहरु ठेलामा तरकारी व्यापार गर्न थालेका छन् ।” उहाँले भन्नुभयो–“ ठुला होटल व्यवसायी पनि ऋण र लगानीका दृष्टिकोणले धेरै समस्यामा छन् ।”उहाँले होटल व्यवसायमा मजदुर कटौती गर्दै लैजानुपर्ने अवस्था आएको बताउनुभयो ।“कोरोनाले धरासयी बनेको होटल व्यवसायको संघरक्षणका लागि सरकारले पनि सहुलियत दिनुपर्छ ”उहाँले भन्नुभयो“धेरै त घर भाडा तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?