logo
२०८१ बैशाख ७ शुक्रवार



उच्च सतर्कता अपनाउँदै पालिकाहरू

खुला |


उच्च सतर्कता अपनाउँदै पालिकाहरू
सांकेतिक तस्वीर


नगेन्द्र सापकोटा

ललितपुर, जेठ १५ गते । कोरोना (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि ललितपुरका तीनवटा गाउँपालिकाले उच्च सतर्कता अपनाउन थालेका छन् । दक्षिण ललितपुरका बागमती, महाँकाल र कोन्ज्योसोम गाउँपालिकामा दुई सातायता कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रूपमा वृद्धि हुन थालेपछि तीनवटै गाउँपालिकाले उच्च सतर्कता अपनाउन थालेका हुन् ।
ती गाउँपालिकाले कोभिड अस्पताल निर्माण गर्ने, गाउँपालिकाको क्षमताले भ्याएसम्मको आइसोलेसन निर्माण गर्ने, भीडभाड हुने स्थानमा निसङ्क्रमण गर्ने, टोलटोलमा कोरोनाविरुद्ध नागरिक सचेतना अभियान चलाउने, वडास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण संयन्त्र निर्माण गर्ने र आपसी सहकार्य गर्दै आएको उक्त गाउँपालिकाले जनाएका छन् ।

बागमतीमा आइसोलेसन
बागमती गाउँपालिकाले अक्सिजनसहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको छ । सो गाउँपालिकाको वडा नं. ४, प्युटार थाङ्सिङटारमा रहेको गाउँपालिका स्तरीय अस्पतालमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । सो अस्पतालमा अहिले अक्सिजनसहितको १० शøया र वडा नं. ३, भट्टेडाँडामा पाँच शøयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष रञ्जना घिमिरेले उक्त क्षेत्रका कोरोना सङ्क्रमितले यी अस्पतालबाट सेवा लिइरहेका जानकारी दिनुभयो ।
उक्त दुई अस्थायी कोभिड अस्पतालमा चिकित्सक, नर्स र अन्य कर्मचारीबाट सेवा प्रवाह भइरहेको छ । उहाँले निषेधाज्ञालाई पूर्णरूपमा पालना गर्न, गराउन, भीडभाड नगर्न र अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कनसमेत गाउँपालिकाले आग्रह गरेको जानकारी दिनुभयो ।

महाँकालमा अस्पताल
महाँकाल गाउँपालिकाले वडा नं. १ को मानिखेलमा १६ शøयाको कोभिड अस्पताल निर्माण गरी कोरोना सङ्क्रमितलाई उपचार गर्दै आएको छ । महाँकाल गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष रामकृष्ण आचार्यले उक्त अस्पतालमा कोभिडका बिरामीलाई आवश्यक पर्ने न्यूनतम पूर्वाधार निर्माण गरी बिरामीलाई सेवा प्रवाह गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना रोकथाम र नियन्त्रणका लागि सबै वडामा सूचना जारी गरी कार्यान्वयनको अवस्थाका बारेमा नियमिति रूपमा प्रहरीबाट अनुगमन गर्ने गरिएको छ । खाद्यान्न पसललाई निश्चित समयमा मात्र खुलाई दूरी कायम गरी किनबेच गर्ने व्यवस्था मिलाइएको छ ।
उहाँले भन्नुभयो, “अहिले पहिलो प्राथमिकता नागरिक बचाउने हो । विकास अर्को वर्ष गर्दा पनि हुन्छ भन्ने मान्यताका साथ आफूहरूले कोरोना रोकथाम र नियन्त्रणको काम गरिरहेका छौँ ।” प्रत्येक वडामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

कोन्ज्योसोममा एम्बुलेन्स
कोन्ज्योसोम गाउँपालिकाले अक्सिजनसहितको १५ शøयाको कोभिड अस्पताल सञ्चालन गरेको छ । गाउँपालिकाले कोरोनाका बिरामी बोक्न छुट्टै पनि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले सङ्क्रमितबाहेकका बिरामीलाई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको सवारी साधनले अस्पतालसम्म पु¥याउने गर्दै आएको जानकारी दिनुभयो ।
गाउँपालिका स्तरमा गाउँपालिकाको अध्यक्षको संयोजकत्वमा र वडामा वडाध्यक्षको संयोजकत्वमा सर्वदलीय संयन्त्र निर्माण गरी कोरोना रोकथाम नियन्त्रण समिति निर्माण गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका प्रवेश गर्ने स्थान नल्लु भञ्ज्याङमा हेल्थ डेक्स सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?