logo
२०८१ बैशाख १३ बिहीवार



कर्णाली राजमार्गमा जीप दुर्घटना ,दुईको मृत्यु

खुला |


कर्णाली राजमार्गमा जीप दुर्घटना ,दुईको मृत्यु
सांकेतिक तस्विर


दैलेख समाचारदाता
दैलेख,जेठ ४ गते । कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाबाट सुर्खेत जाँदै गरेको जीप कर्णाली राजमार्ग अन्तरगर्त दैलेखको दुल्लु नगरपालिका–३ स्याँलामा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठका अनुसार बा २० च ७१५ नम्बरको जीपमा दुई जना मात्रै यात्रु सवार रहेको जानकारी दिनुभयो । उहाँले जीपमा सवार जुम्लाको गुठिचौर गाउँपालिका–४ का ३८ वर्षीय रामहरी न्यौपाने र सोहि ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको बताउनुभयो ।
जीप ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जीप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ । निषेधज्ञाको बेला जीप किन र कहाका लागि हिडेको भन्ने विषयमा जानकारी नहुँदा जिल्ला प्रहरी कार्यालय जुम्लामा समन्वय गरिरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?