logo
२०८० चैत्र १६ शुक्रवार



नाडलले इटाली ओपनको फाइनलमा जोकोभिचको सामना गर्ने

खेलकुद |


नाडलले इटाली ओपनको फाइनलमा जोकोभिचको सामना गर्ने
तस्विर-रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २ गते । रफाल नाडलले अमेरिकी रैली ओपेल्कालाई हराएर इटाली ओपनको फाइनलमा स्थान सुनिश्चित गर्नुभएको छ । उहाँले ६–४ ६–४ को सोझो सेटमा अमेरिकी ओपेल्कालाई हराउनुभएको हो ।
पहिलो सेटमा २–१ ले पछाडि पर्नुभएका रफालले चार ब्रेक अङ्क जोगाउँदै सेट जित्न सफल हुनुभयो । नाडलले इटाली ओपनको फाइनलमा विश्व वरीयताको शीर्ष स्थानमा रहनुभएका नोभाक जोकोभिचको सामना गर्नुहुनेछ । जोकोभिचले सेमीफाइनलमा इटालीका लोरेञ्जो सोनेगोमाथि ६–३ ६–७ ६–२ ले हराउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?