logo
२०८० चैत्र १६ शुक्रवार



ज्लाटन इब्राहिमोभिक यूरो २०२० बाट बाहिरिए

फुटबल |
खेलकुद |


ज्लाटन इब्राहिमोभिक यूरो २०२० बाट बाहिरिए


गोरखापत्र अलनाइन
काठमाडौं, जेठ २ गते । स्वीडिश स्ट्राइकर ज्लाटन इब्राहिमोभिक यूरो २०२० च्याम्पियनशीपबाट बाहिरिनुभएको छ । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएका इब्राहिमोभिक गत् मार्च महिनामा राष्ट्रिय टोलीमा पुनरागमन गर्नुभएको थियो ।
स्वीडेनको ट्वीटर हयाण्ड्लमा इब्राहिमोभिकले प्रमुख प्रशिक्षक जेन एण्डरसनलाई घाइते भएर आफू यूरो २०२० मा सहभागी हुन नसक्ने अवस्थामा पुगेको जानकारी गराएको उल्लेख गरिएको छ । गत मई नौ मा युभेन्ट्स बिरुद्ध खेल्दै गर्दा इब्राहिमोभिक घाइते हुनुभएको थियो । उहाँ क्लब फुटबलमा एसी मिलानको प्रतिनिधित्व गर्नुभएको छ । उक्त खेलमा एसी मिलानले युभेन्ट्समाथि ३–० को जित हात पारेको थियो । खेलको ६६ औं मिनेटमा इब्राहिमोभिक मैदानबाट बाहिरिनुभएको थियो ।
स्वीडेनको प्रतिनिधित्व गरी उहाँले अन्तर्राष्ट्रिय खेलमा ६२ गोल गर्नुभएको छ । गत् मार्च महिनामा विश्वकप फुटबल २०२२ को छनोटमा जर्जियामाथि स्वीडेनले जित हात पार्दा इब्राहिमोभिक सन्यास लिएको पाँच वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पर्दापण गर्नुभएको थियो ।
घुँडामा आएको चोटका कारण उहाँ यूरो २०२० च्याम्पियनशीपबाट बाहिरिनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?