logo
२०८१ बैशाख १३ बिहीवार



शब्दचित्रमा गोरखापत्र

खुला |


शब्दचित्रमा गोरखापत्र


नारद गौतम

विक्रम संवत् १९५८ वैशाख वदी ११ रोज २ मा ‘गोर्खापत्र’को प्रकाशन गर्न छाप्न हुने र नहुने विषय उल्लेख सनद जारी ।
विसं १९५८ वैशाख २४ गते
साप्ताहिक समाचारपत्रका रूपमा ‘गोर्खापत्र’को प्रकाशन सुरु । गोरखापत्र नेपालको पहिलो समाचारपत्र (न्युजपेपर) तथा पहिलो साप्ताहिक समाचारपत्र हो ।
‘गोर्खापत्र’को प्रकाशन तत्कालीन राजा पृथ्वीवीर विक्रम शाह र प्रधानमन्त्री देवशमशेरको पालादेखि सुरु भएको हो । गोर्खापत्रको प्रथम तालुुकदार (व्यवस्थापक) पं. नरदेव पाँडे हुनुहुन्छ । उहाँले विसं १९६० भदौसम्म यो जिम्मेवारी सम्हालेको पाइन्छ । सुरुमा गोरखापत्र पाशुपत छापाखाना (प्रेस) ठहिटीमा छापिएर प्रकाशित हुन्थ्यो । सुरुका दिनमा गोर्खापत्र ९’’×१२’’ को साइजमा ८ पृष्ठमा प्रकाशित हुन्थ्यो ।
विसं १९६० भदौ २२ गते
बझाङी राजा तथा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरका ज्वाईं जयपृथ्वीबहादुर सिंहलाई गोरखापत्रको दोस्रो तालुुकदारको जिम्मेवारी सुम्पिएको पाइन्छ । सिंहले विसं १९७२ सम्म यो पदमा रही गोरखापत्रको संरक्षण र सम्बद्र्धनमा ठूलो योगदान दिनुका साथै भारतको कलकत्ताबाट एकहाते प्रेसको पनि व्यवस्था गर्नुभएको थियो ।
विसं १९६९ साउन
१९६९ असार २९ को सनदले व्यवस्था गरेबमोजिम विद्युत्बाट सञ्चालित छापाखानामा छापिएर गोरखापत्रको प्रकाशन सुरु । यो नै विद्युत्बाट सञ्चालित नेपालको पहिलो छापाखाना मानिन्छ ।
विसं १९८३ जेठ ४ गते
‘गोर्खापत्र’को सट्टामा ‘गोरखापत्र’ लेख्न प्रारम्भ । फेरि तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः ‘गोरखापत्र’को सट्टा ‘गोर्खापत्र’ छाप्न सुरु भयो । २०६३ वैशाख ११ मा लोकतन्त्रको घोषणा भएसँगै वैशाख १८ गतेदेखि ‘गोरखापत्र’ नै छापिन थाल्यो ।
विसं १९८४ वैशाख १३ गते
गोरखापत्रमा पहिलोपटक क्याप्सनसहितको तस्बिर छापिएको थियो । पृष्ठ ३ मा छापिएको सो तस्बिर चन्द्रकामधेनुु चर्खाद्वारा धागो कातिरहेकी वीरगन्जनिवासी १२ वर्षीया सूूर्यमती श्रेष्ठको थियो । यसअघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको तस्बिर छापिएको भए पनि त्यसमा तस्बिर परिचय थिएन । सामयिकता झल्कने तस्बिर छापिएको दिन वैशाख १३ गतेलाई नेपालका फोटो पत्रकारले ‘फोटो पत्रकारिता दिवस’का रूपमा मनाउँदै आएका छन् ।
विसं १९९१ जेठ ५ गते
गोरखापत्रमा पहिलोपटक सम्पादकको नाम छापिएको थियो । सो दिनको गोरखापत्रमा सम्पादक ‘प्रेमराज’ भनी छापिएकाले उनलाई पहिलो सम्पादक मानिएको छ । तर, पहिलो सम्पादक को हुन् भन्ने सम्बन्धमा विद्वान्हरूबीच मतभेद छ ।
विसं १९९५ वैशाख २४ गते
दर्ता नम्बरसहित गोरखापत्रको प्रकाशन सुरु । यसको दर्ता नं. ००२ हो । देशको पहिलो समाचारपत्र भईकन पनि दर्ता नं. ००२ हुनु आफैँमा आश्चर्यको कुरा हो । १९९४ देखि मुलुकमा पत्रपत्रिकाको दर्ता गर्नपर्ने व्यवस्था सुरु भएपछि पहिलोपटक ‘शारदा’ मासिक पत्रिका दर्ता हुन गयो । दोस्रो नम्बरमा गोरखापत्र दर्ता हुन गएकाले दर्ता नम्बरका आधारमा दोस्रो लेखिए तापनि गोरखापत्र नै नेपालको पहिलो समाचारपत्र हो ।
विसं १९९७ साउन
गोरखापत्रका लागि तस्बिर बनाउने मेसिनको व्यवस्था । सो मेसिनबाट तस्बिर तयार गर्न १२ घण्टा लाग्ने गथ्र्याे भनिएको छ । पछि २०१९ सालमा यसै प्रयोजनका लागि आधुनिक मेसिनको व्यवस्था गरियो ।
विसं १९९८ भदौ १७ गते
पहिलो विशेषाङ्कका रूपमा ‘उदयाङ्क’को प्रकाशन ।
विसं २०००
गोरखापत्रको निमित्त समाचार प्राप्त गर्न पहिलोपटक काठमाडौँमा नगर संवाददाताको व्यवस्था । हाल काठमाडौँ उपत्यका, सातवटै प्रदेशलाई समेट्नेगरी ७७ वटै जिल्लाका विभिन्न क्षेत्रमा समाचारदाता कार्यरत छन् । देशभर गरेर हाल गोरखापत्र संस्थानमा पुरुष १७० र महिला ३२ गरी कुल २०२ जना समाचारदाता छन् ।
विसं २००१ असोज २९ गते
प्रत्येक सोमबार प्रकाशन हुँदै आएको गोरखापत्र हप्ताको प्रत्येक शुक्रबारसमेत हप्तामा दुुईपटक प्रकाशित ।
विसं २००२ पुस ११ गते
जुद्धशमशेरको जन्मोत्सवको अवसरमा प्रथमपटक जन्मोत्सव विशेषाङ्क प्रकाशित ।
विसं २००३ पुस ८ गते
सोमबार, बुधबार र शुक्रबार गरी हप्ताको तीनपटक गोरखापत्रको प्रकाशन आरम्भ ।
विसं २०१२ भदौ ३० गते
बालकृष्ण सम गोरखापत्रको प्रधानसम्पादकमा नियुक्त । उहाँ नै गोरखापत्रको पहिलो प्रधानसम्पादक हो । उहाँले २०१४ असोज २३ सम्म यो पदमा रही काम गर्नुभएको थियो ।
विसं २०१७ फागुन ७ गते
दैनिक रूपमा गोरखापत्रको प्रकाशन आरम्भ । तत्कालीन गृहमन्त्री विश्वबन्धु थापाले गोरखापत्रको दैनिक प्रकाशनको शुुभारम्भ गर्नुभएको थियो । गोरखापत्र दैनिक रूपमा प्रकाशित हुुन थालेपछि यसको प्रथम प्रधानसम्पादक गोपालप्रसाद भट्टराई हुनुभएको थियो ।
विसं २०१७ साउन १९ गते
गोरखापत्रमा राजमुकुट छाप्ने कार्यको सुरुवात । करिब ४६ वर्षसम्म गोरखापत्रको सम्पादकीयभन्दा माथिको भागमा राजमुकुुट र राजाका ‘महावाणी’हरू छापिने गरेका थिए । २०६३ साल वैशाख ११ गते जनआन्दोलनको बलमा लोकतन्त्रको घोषणा भएसँगै २०६३ जेठ ३ गतेबाट राजमुकुुट र राजाका वाणीहरू प्रकाशन गर्न बन्द भएको पाइन्छ । २०६३ जेठ २ गते राजाको अन्तिम ‘महावाणी’ छापिएको थियो ।
विसं २०१७ चैत २२ गते
प्रचार विभागका तत्कालीन निर्देशक नारायणप्रसाद बाँस्कोटाको अध्यक्षतामा ‘गोरखापत्र विकास बोर्ड’को स्थापना ।
विसं २०१९ असार ९ गते
गोरखापत्रसँगै ‘शनिवारीय परिशिष्टाङ्क’को प्रकाशन सुरु ।
विसं २०१९ कात्तिक २ गते
गोरखापत्रको सन्ध्याकालीन संस्करण प्रकाशन सुरु । योक्रम २०२२ असोज २२ गतेसम्म जारी रह्यो । यस अवधिमा गोरखापत्र बिहान र साँझ गरी दिनमा दुईपटक प्रकाशित हुन्थ्यो । तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट २०६१ माघ १९ मा शासनसत्ता लिएको दिन ‘अतिरिक्ताङ्क’समेत प्रकाशन भएको थियो ।
विसं २०१९ चैत ३० गते
गोरखापत्र कर्पोरेसन ऐन–२०१९ निर्माण ।
विसं २०२० असार २५ गते
कर्पोरेसन ऐन–२०१९ अन्तर्गत ‘गोरखापत्र संस्थान’ को स्थापना ।
विसं २०२१ असोज
गोरखापत्र संस्थानद्वारा अंग्रेजी भाषामा ‘दी नेप्लिज पर्सपेक्टिभ’ (साप्ताहिक)को प्रकाशन सुरु । यो पत्रिका २०३२ सालसम्म प्रकाशित भई बन्द भयो । यसको सम्पादक डा. मोहमद मोहसिन हुनुहुन्थ्यो ।
विसं २०२२ पुस १ गते
दोस्रो प्रकाशन (आजसम्म अविच्छिन्न प्रकाशित भएका आधारमा)को रूपमा अङ्ग्रेजी भाषामा ‘दी राइजिङ नेपाल’को दैनिक प्रकाशन आरम्भ । सुरुमा ६ पृष्ठमा प्रकाशित हुने गरेको यो समाचारपत्र हाल आठ पृष्ठ र शुक्रबार ‘फ्राइडे सप्लिमेन्ट’सहित प्रकाशित भइरहेको छ । यसको प्रथम सम्पादक वरुणशमशेर राणा हुनुहुन्थ्यो ।
विसं २०२५ जेठ
संस्थानको तेस्रो प्रकाशनका रूपमा साहित्यिक मासिक
‘मधुपर्क’को प्रकाशन सुुरु ।
विसं २०३३
संस्थानभित्र डकुमेन्टेसन तथा सूचना शाखाको स्थापना । यो शाखामा संस्थानका प्रकाशनहरूको सङ्ग्रह गरिएको छ ।
विसं २०३६ जेठ ९ गते
गोरखापत्र संस्थानमा आगलागी । सो दिन काठमाडौँमा निस्किएको असन्तुष्ट विद्यार्थीको जुुलुसमाथि प्रहरीद्वारा कारबाही गरिएपछि त्यसविरुद्धमा सडकमा निस्किएको भीडले गोरखापत्र संस्थानमा आगो लगाइदिएको थियो ।
विसं २०३६ जेठ ११ गते
तत्कालीन राजा वीरेन्द्र शाहद्वारा गोरखापत्र संस्थानको निरीक्षण ।
आर्थिक वर्ष २०३७÷०३८ मा संस्थानको प्रकाशनहरू छाप्न वेब अफसेट मेसिनको व्यवस्था ।
विसं २०४५ असार
संस्थानको चौथो प्रकाशनका रूपमा मासिक पत्रिका ‘युवामञ्च’ को प्रकाशन सुरु । यसको प्रारूप अङ्Þक २०४५ वैशाखमा बजारमा ल्याइएको थियो ।
विसं २०४५ भदौ
गोरखापत्रसँगै प्रत्येक शुक्रबार ‘रमाइलो शुक्रबार’को प्रकाशन सुरु । ‘रमाइलो शुक्रबार’को प्रकाशन केही महिनापछि बन्द ।
विसं २०४७ वैशाख ९ गते
संस्थानको पाँचौँ प्रकाशनका रूपमा अङ्ज्रेजी साप्ताहिक ‘सन्डे डिस्प्याच’को प्रकाशन सुरु । यो हप्ताको प्रत्येक आइतबार प्रकाशित हुन्थ्योे । हाल योे अखबार बन्द भइसकेकोे छ ।
विसं २०४७ पुस
बाल मासिक पत्रिका ‘मुना’को प्रकाशन सुरु ।
विसं २०५५ वैशाख २४ गते
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा संस्थानको कान्छो प्रकाशन पारिवारिक मासिक पत्रिका ‘मनोरम अप्सरा’को पहिलो अङ्क विमोचन । साथै संस्थानको प्राङ्गणमा निर्मित जयपृथ्वीबहादुर सिंहको प्रतिमा अनावरण । कार्यकारी अध्यक्ष शिव अधिकारीको पालामा प्रकाशन आरम्भ भएको ‘मनोरम अप्सरा’को पहिलो सम्पादक रमेश तिवारी हुनुभएको थियो । यो २०५७ मङ्सिर ८ गतेको निर्णयअनुसार यो पत्रिका बन्द भयो ।
गोरखापत्र संस्थानमा बम विस्फोट
विसं २०५६ वैशाख ५ गते राति अन्दाजी २ बजेको समयमा संस्थानको दोस्रो तलामा बम विस्फोटन । सो विस्फोटनबाट दुई लाख रुपियाँबराबरको क्षति । यसैगरी, वैशाख ९ गते बिहान अन्दाजी ४ः२० बजेतिर संस्थानको प्रशाखा कार्यालय विराटनगरमा पनि बम विस्फोटन हुँदा भवनको सामान्य रूपमा क्षति भएको ।
गोरखापत्र १०० वर्षमा प्रवेश
२०५७ वैशाख २४ गतेदेखि नेपालको जेठो अखबार
‘गोरखापत्र’ १०० वर्षमा प्रवेश । शताब्दी वर्ष मनाउने गोरखापत्र नेपालका पहिलो अखबार ।
२०५९ गोरखापत्र अनलाइन संस्करणको सुरुवात
२०५९ (सन् २००२) बाट भएको त्यस बेला www.gorkhapatra.org.np डोमेन नेमबाट सुरु भएको थियो । विसं २०६९ मङ्सिर (सन् २०१२ डिसेम्बर) बाट नयाँ डोमेन नेम www.gorkhapatraonline.com नेमबाट पुनः प्रकाशन सुरु । २०७६ सालमा अनलाइन विभाग गठन साथै २०७६ असारमै गोरखापत्र अनलाइनको सम्पादकका रूपमा रामप्रसाद हुमागाईंको नियुक्ति तथा सोही वर्षबाट नयाँ लेआउटमा हाल सञ्चालनमा वेबसाइट सञ्चालन थालिएको । २०७६ भदौ २४ गते सूचना विभागमा दर्ता भई सञ्चालनमा रहेको छ ।
२०५९ असार १० गते
गोरखापत्रको रङ्गीन छपाइ सुरु । गोरखापत्र सुरुमा गिद्धे प्रेसबाट छापिन्थ्यो । मेसिनमा गिद्धको तस्बिर अङ्कित भएकाले त्यो मेसिनलाई गिद्धे प्रेस भनियो । त्यो प्रेस अचेल छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा छ ।
२०६४ असोज १ गते
‘नयाँ नेपाल’ पृष्ठ शीर्षकअन्तर्गत राष्ट्रभाषामा समाचार सामग्री प्रकाशनको सुरुवात । हाल ३८ भाषामा समाचार सामग्री प्रकाशन हुँदै आएका छन् ।
२०७१ असोज
अत्याधुनिक वेब अफसेटबाट छपाइ सुरु । आठ पृष्ठ रङ्गीन र आठ पृष्ठ श्यामश्वेत गरी एकैपटक १६ पृष्ठ छापिन थाल्यो । २०७३ जेठमा सिटुुपी (कम्प्युुटर टु प्लेट) मेसिन खरिद गरी जडान ।
२०७२ असोज ३ गते
संविधानसभाबाट ‘नेपालको संविधान–२०७२’ जारी भएको उपलक्ष्यमा संविधान दिवस विशेषाङ्क प्रकाशित ।
२०७२ फागुन १७ गते ः राष्ट्रिय पत्रकारिता दिवस मनाउने घोषणा
राष्ट्रिय पत्रकारिता दिवस राष्ट्रिय पत्रकारिता दिवस २०७२ फागुन १७ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गोरखापत्र प्रकाशन सुरु भएको दिन वैशाख २४ लाई ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाउने घोषणा । प्रथम राष्ट्रिय पत्रकारिता दिवस २०७३ नेपाल पत्रकार महासङ्घ र गोरखापत्र संस्थानले छुट्टाछुट्टै कार्यक्रम गरी मनाएका थिए । गोरखापत्र संस्थानले राष्ट्रियस्तरमा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत एकजना पत्रकारलाई हरेक वर्ष वैशाख २४ मा प्रदान गर्नेगरी ५५ हजार ५५५ रुपियाँ राशिको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार २०७३’ को घोषणा ।
२०७३ वैशाख २४ गते
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम राष्ट्रिय पत्रकारिता दिवसको शुभारम्भ । पहिलो राष्ट्रिय पत्रकारिता दिवस वैशाख २४ को संस्मरणमा संस्थानले नेपाल राष्ट्र बैङ्कको सहयोगमा चाँदीकोे सिक्का प्रकाशन गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गर्नुभएको उक्त सिक्काको एकापट्टि गोरखापत्रको ११६औँ गौरवमय वर्ष, गोरखापत्रको पहिलो अङ्क र अन्तिममा रु २,०००÷– र अर्कोपट्टि सगरमाथाको आकृतिमुनि प्रथम राष्ट्रिय पत्रकारिता दिवस–२०७३ अङ्कित स्मारिका सिक्का प्रकाशित गरिएको थियो । सोही दिन तत्कालीन सूचना तथा सञ्चार सचिव दिनेशकुमार थपलियाले गोरखापत्रको पहिलो अङ्क अङ्कित रु. १०÷– को हुलाक टिकटको प्रकाशनमा टाँचा लगाउनुभएको थियो ।
२०७६ असोज ३ गते
नेपालको संविधान जारी भएको दिनलाई स्मरण गर्दै विराटनगरबाट प्रदेश १ र २ का लागि विराटनगर संस्करण सुरु ।
२०७६ फागुन ७ गते
कोहलपुरबाट पनि कोहलपुर संस्करण सुरु । सातै प्रदेशमा क्षेत्रीय संयोजक नियुक्त गरेर व्यवस्थापनलाई सङ्घीय ढाँचामा रूपान्तरण ।
२०७७ असोज ३ गते
संविधान दिवसको अवसर पारेर गोरखापत्रको छपाइमा थप आधुनिकीकरण । एकैपटक १२ पृष्ठ रङ्गीन र १२ पृष्ठ श्यामश्वेत गरी २० पृष्ठ एकैपटक छपाइ सुरु । यसैगरी, संस्थानबाट प्रकाशन हुँदै आएका मधुुपर्क, युवामञ्च र मुना मासिकको छपाइ गर्न प्रतिघण्टा १४ हजार प्रति छपाइ गर्न सक्ने ‘सिटफेट’ मेसिन जडान गरी छपाइ सुरु ।

सन्दर्भ सामग्री
गोरखापत्र शतवार्षिकी स्मारिका, २०५७,
गोरखापत्र दैनिकका विभिन्न अङ्क,
नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाबाट प्रकाशित ‘सम्प्रेषण’का विभिन्न अङ्क ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?