logo
२०८१ बैशाख ८ शनिवार



लुम्बिनी प्रदेश मन्त्रिमण्डलमा पुनः हेरफेर, स्वास्थ्यमन्त्रीमा श्रेष्ठ

प्रदेश |


लुम्बिनी प्रदेश मन्त्रिमण्डलमा पुनः हेरफेर, स्वास्थ्यमन्त्रीमा श्रेष्ठ


दीपक ज्ञवाली
बुटवल,बैशाख २१ गते । पछिल्ला दिनदिनै जसो राजनैतिक उतारचढाव भइरहेको लुम्बिनी प्रदेशमा मंगलबार सांझ फेरि मन्त्रीपरिषद थपघट भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार फेरि मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । उहाँले यसअघि बनेका मन्त्रीको समेत मन्त्रालय हेरफेर गर्नुभएको छ । थपिएका तीन मन्त्रीसहित मन्त्रिमण्डल १० सदस्यीय बनेको छ ।
पछिल्लो मन्त्रीपरिषद बिस्तारमा अर्घाखाँचीका चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नु भएको छ । रुपन्देहीका भोजप्रसाद श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउनु भएको छ । सूर्यचिन्हबाट स्वतन्त्र उमेदवार बनेका कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मा दिइएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषद् पुर्नगठन तथा कार्यविभाजन गरेको प्रदेश प्रमुखका प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाएका हरिप्रसाद रिजाललाई ग्रामिण तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइएको छ । त्यस्तै शिक्षा तथा सामाजिक विकास मन्त्रालय पाएकी जनता समाजवादीकी कल्पना पाण्डेले उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मा पाउनु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?