logo
२०८१ बैशाख ६ बिहीवार



महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर सहयोग  

खुला |
प्रदेश |


महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर सहयोग  
फाइल तस्बिर


कञ्चनपुर, वैशाख  २१ गते । ह्युमनिटी फाउण्डेशन नेपालले महाकाली अस्पताललाई आज ४१ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । सरकारी अस्पताललाई निःशुल्क रुपमा अक्सिजन उपलब्ध गराउने अभियानअन्र्तगत महाकाली अस्पताललाई सहयोग गरिएको हो ।    
    
अक्सिजनको अभाव रहेको अवस्थामा ह्युमनिटीले सहयोग गरी अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीको ज्यान जोगाउन सघाउ पु¥याएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताउनुभयो । यसअघि ह्युमनिटीले सेती प्रादेशिक अस्पताल धनगढीलाई १०० र डडेल्धुरा उप क्षेत्रीय अस्पताललाई १० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?