logo
२०७८ असार १३ आईतवार

दैनिक अध्यावधिक

image
1353

सङ्क्रमित

image
3007

निको भएका

image
34

मृत्यु भएका

मिति:असार १३, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/



लैङ्गिक हिंसा रोकथामका निम्ति अहोरात्र खट्ने आयोगको प्रतिबद्धता   

खुला |
समाज |


लैङ्गिक हिंसा रोकथामका निम्ति अहोरात्र खट्ने आयोगको प्रतिबद्धता   
फाईल तस्विर


काठमाडौँ, वैशाख १५ गते । राष्ट्रिय महिला आयोगले लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि सुरक्षालगायत अन्य सम्बद्ध निकायसँग निरन्तर सम्पर्कमा रहेर अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गरेको छ ।    
    
कोभिड–१९ को विश्वव्यापी महामारी सङ्क्रमणको समयमा हुनसक्ने लैङ्गिक हिंसा रोकथाम एवं नियन्त्रणका लागि सरोकारवालासँग आज भएको छलफलमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले लैङ्गिक हिंसाका घटना रोकथाम गर्न स्रोत र साधनले भ्याएसम्म आयोगले इमानदारीपूर्वक अझ सचेत र सजग भएर काम गर्ने दृढता व्यक्त गर्नुभयो ।    
    
आयोगको खबर गरौँ ‘हेल्पलाइन ११४५’लाई अझ सशक्त एवं प्रभावकारी बनाइने जनाउँदै उहाँले महिला हकअधिकारका क्षेत्रका क्रियाशील सङ्घसंस्थासँग निकट सम्पर्क र समन्वयमा रहेर काम गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो । “सेवा प्रदायक र सेवाग्राहीबीच समन्वय गर्न आयोगले सबै निकायसँग समन्वयसँगै अनुगमन पनि गर्नेछ”, बढ्दो सङ्क्रमणका कारण निषेधाज्ञा लागू भएको अहिलेको कठिन परिस्थितिमा लैङ्गिक हिंसा रोकथाम नै आयोगको पहिलो प्राथमिकता भएको स्पष्ट गर्दै उहाँले भन्नुभयो ।    
    
आयोगका सदस्य कृष्णकुमारी पौडेलले महिला हिंसाका घटना हुन नदिन चेतनामूलक कार्यक्रम सञ्चालन तथा सही सूचना प्रवाहमा जोड दिँदै प्रदेश र स्थानीय तहमा आयोगको सञ्जाल नभएकाले गृह मन्त्रालयसँगको सहकार्यमा ७७ वटै जिल्लामा सेवा प्रवाह गर्ने अठोटका साथ आयोग अघि बढ्ने बताउनुभयो ।    
    
छलफलमा राष्ट्रिय मानवअधिकार आयोग, गृह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वैदेशिक रोजगार बोर्डका साथै महिला हकअधिकार प्रवद्र्धनका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?