logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोनाले चलचित्र हल बन्द, छायाङ्कन जारी

मनोरञ्जन |


कोरोनाले चलचित्र हल बन्द, छायाङ्कन जारी


यलु जोशी
काठमाडौं, बैशाख ११ गते । सहरी क्षेत्रमा कोरोनाको संक्रमण बढेको भन्दै बैशाख मसान्तसम्म हलहरू बन्द गरे पनि चलचित्र छायाङ्कन भने धमाधम भइरहेको छ ।
सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपनि चलचित्रको छायांकनमा प्रतिबन्ध लगाएको छैन । जसले गर्दा निर्माताहरू फिल्मको छायाङ्कन रोकेका छैन् । बाबरी र प्रेमगन्ज’ ले छायाङ्कन सुरु गर्नुको साथै गत दुई हप्तादेखि चलचित्र ‘बिहे पास’ को पनि छायाङ्कन भइरहेको छ ।
‘गोर्खा वारियर २, क्रसरोड्स–कथा तिम्रो र मेरो’, अनन्त’, अभियान’, जार’ लगायतका फिल्म पनि यतिबेला छायाङ्कनमा छन् । त्यस्तै, अबको एक हप्तामा दीपक श्रेष्ठले फिल्म ‘घिन्ताङ’ को छायाङ्कन सुरु गर्ने निर्माण पक्षले जनाइएको छ ।
चलचित्र ‘कबड्डी ४’ पनि छायाङ्कनमा निस्कनका लागि तयारी अवस्थामा छ । निर्देशक विकासराज आचार्यले यही महिनाभित्र नयाँ फिल्मको छायाङ्कन सुरु गर्ने योजनामा रहेको जानकारी दिनुयभो ।
खुलेको तीन महिनामै पुनः सिनेमा हल बन्द भएपछि निराशा छाएको पनि छायाङ्कन रोकिएको छैन् निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुयभो ।
उहाँ छायाङ्नमा जानु अगाडि कलाकार तथा निर्माण पक्षको पिसिआर टेस्ट तथा स्वास्थ्य मापडण्द सहित गरिएको दावी गर्नुभयो ।
सरकारले भने माघ २६ गते ५० प्रतिशत अकुपेन्सीमा हल खोल्न अनुमति दिइएको थियो । यसपछि केही नेपाली र विदेशी फिल्म प्रदर्शनमा आएपनि कुनैले हलसम्म दर्शकको ठूलो भीड तान्न सकेन । दर्शक नहुँदा पनि तीन महिनासम्म जेनतेन चलेका सिनेमा हल कोरोनाका कारण फेरि बन्द भएपछि हल व्यवसायीहरुको करोडौंको लगानी जोखिममा परेको छ भने फिल्म क्षेत्रको भविष्य नै अन्योल बनेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम अधिकारीले बताउनुयभो ।
हलमा चलचित्र चलेर दर्शक नआउँदासम्म फिल्म क्षेत्र चलायमान हुँदैन । यसकारण अब फिल्म क्षेत्र कहिले पुरानो अवस्थामा फर्किन्छ, यसै भन्न सकिने अवस्था छैन उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?